Logo

२०७२ को संविधान : गाई–गोरुको हकमा बनेको व्यवस्था, ‘नेपाल संवत्’ र अरु संवतहरु


–निनाम लोवात्ती
विसं २०७२ को संविधानले नेपाललाई जातीय विविधता, भाषिक विविधिता, धार्मिक विविधता, समावेशीता, सहअस्तित्व, मौलिक हक, धर्म निरपेक्षता आदिलाई स्वीकार गरेको छ । यसरी हेर्दा ढीलै भए पनि राज्यले नेपालको वास्तविकतालाई स्वीकारेको छ, त्यसलाई हामीले राम्रै मान्नुपर्ने हुन्छ । तर, व्यवहारमा भने, अझै पनि नेपालका विभिन्न जातजातिहरु (मुस्लिम, आदिववासी जनजाति, दलित आदि) ले आफूले परम्परादेखि विश्वास गरेको मूल्य–मान्यताअनुसार धार्मिक संस्कार, संस्कृति, रीतिथिति, चालचलन, परम्परागत कानुन, सो अनुसार कर्मकाण्ड, नित्यकर्म आदि गर्न पाएका छन् त ? मूल प्रश्न यो हो ।

हुन पनि विसं २०७२ को संविधानले नेपाललाई धर्म निरपेक्ष भनी स्वीकार गरेको छ । तर, अझै पनि ‘गाई/गोरु’ मारेको/काटेको आरोपमा मुस्लिम, आदिवासी जनजाति, दलित आदिले तीन वर्ष जेल बस्नुपर्ने र २०–२२ हजार देखि ५०–६० हजारसम्म ( फैसला गर्ने श्रीमानको तजबिजमा भरपर्ने) जरिमाना तिर्नुपर्ने व्यवस्था रहेको छ । हो, यस्तो कुरो सुन्दा वा पढ्दा अनुदारवादी रुझान राख्ने कामरेडहरु यो पंक्तिकारलाई ‘रेसिस्ट, जातिवादी र साम्प्रदायीक सद्भाव बिथोल्ने वा बिथोल्न खोज्ने भँडुवा देखनेछन् । तर, वास्तविकता त…। त्यसैले मुस्लिम, आदिववासी जनजाति, दलित आदिको धार्मिक स्वतन्त्रता, वा व्यक्तिगत मानवअधिकार एवम् मौलिक हक संरक्षण गरेको छ त, २०७२ को संविधानले ? प्रश्न उठाउन सकिन्छ । त्यसो त नेपालमा अझै पनि न ‘गाई/गोरु’ मारेको÷काटेको आरोपमा मुस्लिम, आदिववासी जनजाति, दलित आदिले तीन वर्ष जेल र ५०/६० हजारसम्म नगद जरिवाना तिर्नु परी रहेको हो ? भन्दा गाई राष्ट्रिय जनावर भएको भन्ने भनाइ रहेको छ । तर, गोरु नि…?! त्यसमाथि विश्वका अधिकांश देशमा राष्ट्रिय पंक्षी वा राष्ट्यि जनावर मार्न/काट्न कानुनी रुपमा बन्देज लगाएको देखिँदैन् । जस्तै अष्ट्रेलियामा ‘कंगारु’लाई राष्ट्रिय जनावर मानिएको छ । तर, अष्ट्रेलियामा अष्ट्रेलियन सरकारले नै बुढा–खाडा र बढी भएको ‘कंगारु’ मारेर मासु र छाला प्रशोधन गरेर बेच्ने गरेको छ । मैले यो कुरो हो, होइन ? भनी पुस्टि गर्नका लागि अष्टे्रलियामा पढ्न जाने नेपाली विद्यार्थीहरुलाई सोधेको थिएँ, प्रायः सबैले हो भनेर जवाफ दिएका थिए । किनभने, सुपर मार्केटमा कंगारुको मासु जत्ति पनि किन्न पाईन्छ, हामी त राष्ट्रिय जनावर भए तापनि कंगारु मार्छौ, मासु खान्छौं भनी २०/२२ अघि नै मैले अष्ट्रेलियन पर्यटकहरुको मुखबाट सुनेको हो । अर्को महत्वपूर्ण कुरो भनेकोे नेपालको पूरानो मुलुकी ऐनमा गाई मार्नेलाई १२ वर्ष जेल र चौरी गाई मार्नेलाई ४० रुपैयाँ जरिवाना गर्ने व्यवस्था थियो भने, गोरु मारेमा के हुने ? प्रस्ट थिएन । तर, विसं २०७२ मा गोरु मार्नेलाई पनि सजायाको भागिदार बनाईएको छ ।

जे होस्, हाम्रो देश नेपाल संवत्हरुमा पनि धेरै धनी रहेको छ । मतलब हाम्रो देश नेपाल केवल जातजाति, भाषाभाषी र धर्ममा मात्रै नभएर संवत्हमा पनि विविधता भएको देश हो । जस्तो कि कलिगत संवत्, किरात संवत् (कुलुङ जातिले यले दोङ भन्छन् ।), विक्रम संवत, मञ्जुश्री संवत्, नेपाल संवत्, मानदेव संवत, मिथिला संवत्, लिच्छवी संवत्, विक्रम संवत्, शक संवत्, गुरुङ, तामाङ, शेर्पा, ह्रयोल्मो लगायत हिमाली क्षेत्रका जातजातिको (ल्होसार) संवत्, थकालीको (ल्हो फेवा) संवत्, विदेशीहरुकै भए पनि इस्वी संवत् आदिलाई समेत जोड्दा नेपालमा लगभग डेढ दर्जन संवत्हरु अस्तित्वमा रहेका छन् । भलै नेपाल सरकारको दृष्टिमा ती सबै संवत्हरु नपर्नु, अनि मूलधारका भनिएका मिडिया, ती मिडियामा कार्यरत पत्रकार, बुद्धिजीवी, लेखक, खोजकर्ता, विश्लेषक, अनुसन्धानकर्ता, इतिहासकार प्राज्ञ, विद, कार, वरिष्ठ आदिको नजरमा नपर्नु वा उनीहरुले चर्चा परिचर्चा नगरी दिनु अर्कै कुरो हो । त्यसको एक उदाहरण हो ‘–नेपाल संवत् ।’ किनभने, अभैm पनि नेपालका कतिपय अनुदारवादी धारका मिडिया, ती मिडियामा कार्यरत पत्रकार, बुद्धिजीवी, लेखक, खोजकर्ता, विश्लेषक, अनुसन्धानकर्ता, इतिहासकार आदिले नेपाल संवत्को चलनचल्तीलाई स्वीकर गर्नुमको सट्टा नेपाल संवतबारे नै प्रश्न गर्छन् । कतै नेपाल संवतको अस्तित्वमै पो थिएन कि ? भने जसरी केही लेखक भनिने अनुदारवादी विचार राख्ने कामरेडहरुले नेपाल संवत्बारे अभैm पनि नकारात्मक ढंंगले टिप्पणी गर्दै लेख लेख्ने गर्छन । केहीले नेपाल संवतलाई व्यवहारिक रुपमा मान्न नसक्नुमा एकै तिथि दुई दिन रहनु र, दुई दिन एकै थिति रहनु, नेपाल संवत् गतेको आधारमा नभएर थितिको आधारमा चल्नु आदिलाई नेपाल संवत्लाई व्यवहारिक रुपमा आम मानिसमा प्रचलनमा ल्याउन नसकिने बताउँछन् । जे होस्, यही कात्तिक ९ गते नेपाल संवत् ११४३ सुरु हुँदैछ ।

हामीले जे कुरोमा पनि आधुनिकता, सजिलो वा देशी विदेशीको दवाव आदि थेग्न नसकेर वा अन्य कुनै बहानामा भए पनि किन आफ्नोपन र मौलिकता बिर्सने ? भन्ने मूल प्रश्न हो ।

भनिन्छ, लिच्छवी राजा राघवदेवको पालामा उनको दरबारमा रहेका राजज्योतिषी सिद्घिवन्तले कुनै विशेष साइतमा भचाकुसी र लँ खु तीर्थ (हाल टेकु दोभान) को वालुवा झिक्दा सुन हुने (सुन मिसिएको !) सल्लाह दरबारलाई जानकारी दिएको थाहा पाएपछि भक्तपुरका तत्कालीन महाजन अर्थात् साहू शंखधर साख्वा (साखः !?) ले तत्कालीन दरवबारका कर्मचारीभन्दा पहिले नै भरियाहरु लगाएर उक्त ठाउंँको बालुवा उठाएर लगेको भन्ने र, अर्कोचहिँ भरियाहरुले वालुवा बिसाएर बसेको वेला भरियाहरुसँग वालुवा किनेर लगे । त्यसपछि उनी झनै धनी बने । तर, पछिल्लो भनाइ अर्थात् राजज्योतिषी सिद्घिवन्तले दिएको समयअघि नै शंखरधरले लगेको वालुवा सुन भएको र, दरबारका मान्छेहरुले लगेको वालुवा सुन नभएर वालुवा नै भएकोले राजज्योतिषी सिद्घिवन्तले दवरबार नै छाड्नु परेको भन्ने भनाइ पनि छ । जे होस्, शंखधर साख्वा (साखः !?) ले लगेको उक्त बालुवाचाहिँं सुनमा परिणत भएपछि सौभाग्यवस र रातारात प्राप्त भएको सुन–धनलाई काठमाण्डौभरिका गरिबहरुलाई बाँडेर ऋणमुक्त गराएको अवसरमा ‘नेपाल संवत्’ चलाएका हुन् भन्ने मान्यता र विश्वास छ ।

जे होस् मान्छेहरु आफू चर्चित हुन जे पनि गर्ने गर्छन् । तर ‘शंखधर साख्वा’ (साखः !?) ले आफू चर्चित हुन र आफ्नो नाममा नेपाल संवत्को सट्टा ‘शंखधर साख्वा’ राख्न किन मरिहत्ते गरेनन् ? किन देशकै नाममा संवत् चलाउन लगाए ? यसले अवश्य नैं उनको निस्वार्थीपना र महानताको झलक दिन्छ । उनको यो पक्षको हामीले खुलेरै प्रशंससा गर्नु पर्नेहुन्छ । हुन त यसरी नेपालबाटै नेपालीले नै चलाएको विभिन्न मौलिक संवत्हरु ब्रगेल्ती हुँदाहुदै पनि हामीले अझसम्म भारतको कुनै राज्यको तत्कालीन राजाको नाममा चलेको भारत, वैशालीका राजा विक्रमादित्यको नाममा चलेको विक्रम संवत्लाई नै हाम्रो संवत्को रुपमा चलाई रहेका छौं, मानी रहेका छौं । तर, अझै पनि नेपालका केही राष्ट्रवादी लेखहरु विक्रम संवत् भारतको नभएर नेपालकै हो ! भन्ने आशयको लेख लेखरिहेका छन् । तर, विक्रम संवतको बहस तीतो वा वा मीठो जे भए तापनि यथार्थ त यर्थाथ नै हो । तर, पूर्ण लोकतन्त्र मात्रै होइन, गणतन्त्र नै आईसको भनिएको हाम्रो देशमा राज्यले अभैm पनि किन ‘नेपाल संवत्’लाई देशभरि आम रुपमा प्रचलनमा ल्याउन पहल नगरेको हो ? प्रश्न गर्ने ठाउँ बाँकी रहेको छ । तापनि विसं २०६५ को कात्तिकमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘नेपाल संवत्’ (११२९ सुरु भएको अवसरमा नेपाल सरकारले राज्यस्तरबाटै मान्यता दिएर प्रधानमन्त्रीको कार्यलयबाट जारी हुने हरेक पत्र र पत्रचारहरुमा ‘नेपाल संवत्’ उल्लेख गरिने निर्णय भएको थियो । त्यो क्रम हालसम्म जारी छ ।
हुनत त्यस अघिदेखि नै केही दैनिक बाहेक अधिकांश दैनिक र केही शाप्ताहिक पत्रपत्रिकारुले आआफ्नो पत्रिकामा विक्रम संवत् र ईस्वी संवत्सँगै नेपाल संवत्लाई पनि उल्लेख गर्ने गरेका थिए । तर, अझै पनि मेरो व्यक्तिगत जोड के छ भने, नेपालकै मौलिक संवत नेपाल संवत्लाई नेपाल सरकारले जनस्तरमा किन व्यापक रुपमा प्रयोगमा नल्याउने ? त्यसैले विसं २०६५ मा तत्कालीन प्रचण्ड सरकरले गरेको घोषणलाई कार्यरुप दिन प्रधानमन्त्रीको कार्यलयले आफूले आदान प्रदान गर्ने पत्र र पत्राचारहरुमा ‘नेपाल संवत्’ पनि उल्लेख गर्ने गरेर पुग्दैन, नेपालभरि नै कार्यन्ययनमा ल्याउनका लागि पहल गर्नु पर्छ ।

तर, हाम्रा ‘कथित् र अति राष्ट्रवादी !’ देखिन चाहने अनुदारवादी कामरेडहरुलाई भने, अझै पनि विदेशी संवत अर्थात् भारत, वैशाली राज्यका तत्कालीन राजा विक्रमादित्यको नाममा प्रचलित, नेपालमा धेरैपछि मात्रै आयातित गरेको विक्रम संवत्लाई नै मान्यता दिनुपर्ने लिँडेढिपी गर्छन्, अझ उनीहरु नै राष्ट्वादी भई टोपल्छन् । अचम्म छ, तर, सो संवत नै किन स्थापित गराई रहने ? भन्ने प्रश्नको जवाफ भने, चित्त बुभ्mदो ढंगले दिन सक्दैनन् । मानौं नेपालका कथित् राष्ट्रवादीहरुको ‘चोचोमा मोचो नमिलाउने जत्ति पनि छन्, उनीहरु सबै मिलेर बसेको समाज भँडुवा हन्, रेसिस्ट हुन् !?

जबकि नेपालकै संवत्लाई स्थापित गरेर राज्यस्तरमा लागू गर्ने हो भने केवल ‘नेवार समुदाय’ मात्रै होइन, हामी सम्पूर्ण नेपालीहरुलाई गौरवको अनुभूति हुने थियो । किनभने, नेपाल संवत् केवल नेवार समुदायको मात्रै संवत् हो भन्ने केही अतिवादी रुझान राख्नेहरुको बुझाई रहेको पाईन्छ । त्यसैले अझै पनि विदेशी (भारत वेशालीको राजाको नाममा चलेको) संवत् विक्रम संवत् विस्थापित गरेर आफ्नै देशको मौलिक संवत् ‘नेपाल संवत्’ पूर्णरुपमा र, जनस्तरमै किन लागू नगर्ने ?! भन्ने मूल प्रश्न हो । आखिरमा हरेक मानिसको जन्म, मृत्यु, विवाह र अन्य संस्कारगत कुराहरु आदि (जीवनचक्र) चलाउनका लागि संवत् नभई हुँदैन । नत्र भने मान्छेहरुले किन एकआपसमा आफू जन्मेको मिति, आफन्त मरेको मिति आदि ख्याल गर्नु पर्यो र ? यसो भनीरहँदा पंक्तिकारले के बिर्सेको छैन भने, ग्लोबलाइजेसनको नाममा र सजिलोका लागि भनेर केहीले नेपालमा पनि ईस्वी संवत्लाई नै लागू गर्नु पर्ने आवाज पनि कताकता उठाउने गरेको थाहा छ । तर, हामीले जे कुरोमा पनि आधुनिकता, सजिलो वा देशी विदेशीको दवाव आदि थेग्न नसकेर वा अन्य कुनै बहानामा भए पनि किन आफ्नोपन र मौलिकता बिर्सने ? भन्ने मूल प्रश्न हो ।

अझ राज्यसँग लबिङ गर्न सके, आम जनतालाई व्यापक रुपमा बुुझाउन सके, नेपालकै पूरानो र नेपालको मौलिक संवत्हरुलाई नै किन नचलाउने ? हो भन्ने भने त कलिगत संवत्, किरात संवत् (जुन संवत्लाई कुलुङ जातिले यले दोङ भन्छन् भने कुलुङ जातिको जीवनचक्र अनुसार आगामी पुस १५ गते यले दोङ ५०८३ सुरु हुन्छ ।) स्मरण रहोस्, कुलुङ जातिले यले दोङको पहिलो महिनालाई ‘चाक्चाकूर’ भन्छन् । मौलिक संवत्हरुका सन्दर्भमा भन्नु पर्दा मिथिला संवत् पनि छ । त्यस्तै नेपालमा प्रचलनमा रहेका वा भएका अरु संवत्हरु पनि थुपै्र छन् भन्ने त माथि नंै उल्लेख भएको छ । हुन पनि नेपालमा अरु पनि धेरै संवत्हरु थिए, छन् कि ? जो कसैलाई थाहा पत्तो नभएर, लोप भएर गए ??? तर, नेपाली जातजातिहरुको जीवनचक्र र प्रचलनमा रहेका संवत्हरु खोज्ने कसले ?

लेखकको निजी बिचार हो, थप जानकारीका लागिः ९८४९९८५९९७, ९८६२४३६०४९, E-mail : ninamkirat123@gmail.com 

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्