Logo

पटाका तथा झिरझिरे पड्काए तीन वर्ष कैद सजाय हुने


रातको समयमा देउसी भैलो नखेल्न काठमाडौं प्रहरीले आग्रह गरेको छ । राति ९ बजेभन्दा पछि देउसी भैलो नखेल्न प्रहरीले सूचना जारी गर्दै आग्रह गरेको हो ।

आतिसबाजी (पटाका तथा झिरझिरे) नपड्काउन पनि प्रहरीले आग्रह गरेको छ । सूचनालाई वेवास्था गर्दै पटाका तथा झिरझिरे पड्काए विष्फोटक पदार्थ सम्बन्धी कसुरमा कारबाही गर्ने प्रहरीको चेतावनी छ ।

विष्फोटक पदार्थ सम्बन्धी कसुरमा कारबाही भए तीन वर्षसम्म कैद वा ३० हजार जरिबाना अथवा दुवै सजाय हुन्छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्