Logo

सर्वाेच्चद्वारा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्न अल्पकालीन आदेश


नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रिया रोक्न सर्वाेच्च अदालतले अल्पकालीन आदेश दिएको छ ।

धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स खुलाएको थियो । बोर्डले स्टक एक्सचेन्जसहित स्टक ब्रोकरको लाइसेन्स दिने तयारी गरेको थियो ।

अधिवक्ता दीपकविक्रम मिश्रले नयाँ स्टक एक्सचेन्ज र ब्रोकरको लाइसेन्स रोक्न माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए ।

सर्वाेच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले तत्काल लाइसेन्स बाँड्ने प्रक्रिया रोक्न अल्पकालीन आदेश दिएको छ ।

सर्वाेच्चले विपक्षीविरुद्ध कारण देखाउ आदेश र अन्तरिम आदेशको छलफलको लागि उपस्थित आदेश जारी गरेको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्