Logo

संस्कृतिविद जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय​


 

मुन्धुमस्टार डटकम — संस्कृतिविद सत्यमोहन जोशीको निधनको शोकमा नेपाल सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कूटनीतिक नियोगहरूमा बिदा दिने निर्णय गरेको हो ।

‘संस्कृतिविद सत्यमोहन जोशीको निधनको शोकमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कूटनीतिक नियोगहरूमा मिति २०७९ साल कार्तिक १ गते मंगलबार सार्वजनिक बिदा दिने तथा राष्ट्रिय झन्डा झुकाउने नेपाल सरकारबाट निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ‚’ सूचनामा भनिएको छ ।

१०३ वर्षका जोशीको आइतबार बिहान उपचारकै क्रममा निधन भएको हो । बिरामी परेका उनलाई ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल भर्ना गरिएको थियो ।

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्