मुन्धुमस्टार डटकम- शिवानी बान्तावा र मनोज साङ्सोनको आवाजमा ‘पछ्यौरीको छेउ’ बोलको गीत सार्वजनिक भएको छ । गीतको शब्द तथा संगीत शिवानी बान्तावाकै रहेको छ भने संगीत संयोजन मनोज साङ्सोनको रहेको छ ।
सुरेश राई र मनोज साङ्सोनद्धारा स्टुडियो किङमा रेकर्ड गरिएको यस गीतको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका छन । यस गीतको भिडियोमा गायकद्धयलाई नै फिचिरिङ गरिएको छ ।
उक्त भिडियोको छायांकन तथा सम्पादन जस्केलो क्रियसन र प्रकाश वाइवाले गरेका छन । भिडियो स्टुडियो किङको अफिसियल युट्युब चयानलबाट सार्वजनिक भएको हो ।
म्युजिक भिडीयोको लिङक तल…
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
