Logo

वैचारिक राजनीतिक नेतृत्वमा म र राजकीय काममा प्रचण्ड केन्द्रित हुने हामिबिच समाझदारि छ: भट्टराई


 

मुन्धुमस्टार डटकम — प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवार चयनमा राजनीतिक दलहरूभित्र रस्साकस्सी चलिरहेका बेला पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भने उम्मेदवार नबन्ने घोषणा गरेका छन । उनले वैचारिक राजनीतिलाई अगाडि लैजानका लागि संसदीय राजनीतिबाट अलग्गिएको तर्क अगाडि सारेका छन ।

२०७४ सालको निर्वाचनमा गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेससँग गठबन्धन गरेर नयाँ शक्ति पार्टीबाट संसद्‌मा पुगेका भट्टराई तीन पटक लगातार सांसद भएपछि आगामी निर्वाचन नलड्ने निर्णयमा पुगेका हुन । २०६४ र २०७० को संविधानसभा निर्वाचनमा पनि उनी गोरखाबाट निर्वाचित भएर अर्थमन्त्री र प्रधानमन्त्री बनेका थिए । ६ पटकसम्म लगातार सांसद भएकाहरू फेरि पनि उम्मेदवारको लाइनमा लागिरहँदा भट्टराई भने संसदीय राजनीतिबाट वैचारिक राजनीति गरेर पनि राजनीतिमा रहन सकिन्छ भन्ने सन्देश दिन आफू लागेको बताउँछन । उनले युवाहरूलाई संसदीय राजनीतिमा अगाडि बढाउन पनि आफूले भूमिका खेल्न लागेको बताएका छन ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्