Logo

मनास्लु हिमपहिरोमापरि बेपत्ता भएका ब्यक्ति ताप्लेजुङका दावा शेर्पा


 

मुन्धुमस्टार डटकम​- उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका १ स्थित मनास्लु हिमालमा गएको हिमपहिरो बेपत्ता ब्यक्ति ताप्लेजुङका दावा शेर्पा रहेको खुलेको छ।

आइतबार दिउँसो करिब साँढे तीन बजे गएको हिमपहिरो चार जना परेका मध्ये दावा बेपत्ता भएका र अन्य तीन जना शकुसल रहेको प्रहरीले जनाएको छ। बेपत्ता शेर्पाको सोमबार बिहानैदेखि हेलिकप्टरबाट खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए।

दोस्रो शिविरबाट फर्कने क्रममा सेभेन समिट ट्रेक्स एण्ड एक्सपिडिशन प्रालीका शेर्पा बेपत्ता भएका सो कम्पनीका पासाङ फुर्बु शेर्पाले जानकारी दिए। हराएका शेर्पाको साँझसम्म सिम्रिक एयरको हेलिकोप्टरबाट खोजी गरेपनि फेला पार्न सकेन। सोमबार बिहान पुन खोजी गर्न हेलिकप्टर चुमनुब्रीको सामागाउँमै राखिएको थियो।

यस अघि गत मंगलबार पनि मनास्लु हिमालको तेस्रो र चौँथो शिविरको बिचमा पहिरो गएको थियो। उक्त हिमपहिरोमा एक जनाको मृत्यु भएको थियो भने १२ जना घाईते भएका थिए।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्