Logo

शेखर पक्षले सम्मानजनक सिट नपाए बिद्रोह गर्ने चेतावनि पछि संस्थापन पक्ष लचक: शेखर पक्षले ३५ प्रतिशत पाउने सहमति


 

मुन्धुमस्टार डटकम​- कांग्रेसमा समानुपातिक उम्मेदवार छनोटमा सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार रातभर भएको छलफलमा शेखर कोइराला समूहका उम्मेदवार करिब ३५ प्रतिशत समेटिएपछि सहमति भएको एक पदाधिकारीले जानकारी दिए ।

कांग्रेसले यसअघि निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा शेखर पक्षले आपत्ति जनाएपछि चर्को विवाद भएको थियो । सहमतिपछि कांग्रेसले अन्तिम समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएको छ । ‘कोइराला पक्षका करिब ३५ प्रतिशत उम्मेदवार समेटिएका हुन्।

अन्तिम समानुपातिक सूची तय गर्दा पाँच जनामध्ये संस्थापनका ३ र शेखर पक्षका २ जनालाई समेटिएको छ । समानुपातिक सूचीको एक नम्बरमा रहेकी प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजुलाई तेस्रो नम्बरमा राखिएको छलफलमा सहभागी एक नेताको भनाइ छ । उनका अनुसार संस्थापन पक्षका अन्य उम्मेदवारको क्रमागतमा पनि फेरबदल गरिएको छ । शेखर पक्षले प्रतिनिधिसभामा पनि ३५ प्रतिशत दाबी गर्ने आधार यसबाट तयार भएको छ । समानुपातिकमा सम्मानजनक सिट नपाए विद्रोह गर्ने चेतावनी शेखर पक्षले दिएपछि संस्थापन लचक बनेको हो । समानुपातिकको चर्को विवादले सत्ता गठबन्धन दलहरूमा पनि तरंग उत्पन्न भएको थियो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्