निर्बाचन आयोगको निर्देशन पछि लालपुर्जा वितरण रोकियो

मुन्धुमस्टार डटकम- पाँच महिनामा सरकारले करिब एक हजार भूमिहीन दलित र सुकुमबासीलाई लालपुर्जा वितरण गरेको छ । तर, चुनावको मुखमा लालपुर्जा बाँड्दा निर्वाचन प्रभावित हुने भन्दै निर्वाचन आयोगबाट निर्देशन आएपछि भदौ मसान्तदेखि भने जग्गा वितरण रोकिएको छ ।
राष्ट्रिय भूमि आयोगका सूचना अधिकारी जनकराज भट्टका अनुसार गत भदौसम्ममा नौ सय ६१ भूमिहीन दलित र सुकुमबासीलाई जग्गा वितरण गरिएको छ । ‘निर्वाचन आयोगको निर्देशनपछि गत भदौ अन्तिमदेखि नै लालपुर्जा वितरण रोकिएको छ,’ उनले भने । आयोगले रोक लगाउनुअघि अन्तिमपटक गत २९ भदौमा लालपुर्जा वितरण गरिएको थियो ।
अघिल्लो सरकारका पालामा गठित भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेर गत वर्ष सरकारले नयाँ भूमि आयोग गठन गरेको थियो । सुकुमबासीलाई जग्गा वितरण प्रयोजनका लागि गठित यो दशौँ आयोग हो ।