Logo

मनास्लुमा फेरि हिमपहिरो गयो, पहिरोमा परि एक शेर्पा बेपत्ता


 

मुन्धुमस्टार डटकम​- मनास्लु हिमपहिरोमा एक जना बेपत्ता भएका छन । आइतबार दिउँसो करिब साढे ३ बजेतिर दोस्रो र पहिलो आधार शिविर बीचमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिए । हिमपहिरोमा परि सेभेनसमिट ट्रेक्स कम्पनीका एक शेर्पा बेपत्ता भएको उनले बताए । उनको पहिचान खुल्न सकेको छैन ।

बेपत्ताको खोजीका लागि आइतबार दिउँसोदेखि नै सिम्रिक एयरको हेलिकप्टर परिचालन गरिएको एसपी खनालले जानकारी दिए । आइतबार दिउँसो एभरेष्ट एयरको हेलिकप्टरबाट केहीबेर बेपत्ताको खोजीको प्रयास भएको र पछि सिम्रिक एयरको हेलिकप्टर परिचालन गरिएको छ । गत सोमबार बिहान गएको हिमपहिरोम पुरिएर हाई अल्टिच्युड गाइड अनुप राईको मृत्यु भएको थियो । पहिरोबाट १० जनाको उद्धार गरिएको थियो।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्