सफल स्वास्थ्य सेवा प्रालिले लामखुट्टेको लार्भा मार्ने औषधि उत्पादन गरेको छ । पछिल्लो समय लामखुट्टेको टोकाइबाट सर्ने डेंगी, चिकनगुनियाँ, जिकालगायतका संक्रमण नियन्त्रणका लागि अजय बायोटेकमार्फत बायोडर्ट नामक औषधि उत्पादन गरिएको कम्पनीले जनाएको छ ।
यो औषधि पानीको माथिल्लो भागमा छर्किएपछि लामखुट्टेको लार्भाले औषधिमा रहेको जीवाणुलाई खान्छ र सोही जीवाणुले लार्भाको पेटमा विष उत्पादन गराई लार्भालाई निष्क्रिय गराइदिन्छ ।
यो औषधि एक लिटर पानीमा ३५ देखि ४० ग्राम घोलेर प्रयोग गर्न सकिन्छ । यसरी प्रयोग गर्दा मानव स्वास्थ्य र वातावरणमा कुनै हानी नहुने उत्पादक कम्पनीले जनाएको छ ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
