Logo

युवकले गरे गर्लफ्रेण्डका लागि विज्ञापन, तलब मासिक साढे ३ लाख रुपैयाँ


दुईजना युवकका लागि गर्लफ्रेण्ड चाहिएको छ । त्यसका लागि उनीहरुले सोसल मिडियामा एउटा विज्ञापन दिएका छन् । ती युवकहरुकी एक महिला साथीले उक्त विज्ञापन फेसबुकमा पोस्ट गरेकी हुन् । जुन विज्ञापन चर्चाको विषय बनिरहेको छ ।

थाइल्याण्डमा बस्ने ती महिलाले दुईजना चिनिया युवक साथीहरुको तर्फबाट फेसबुकमा पोस्ट गरेको विज्ञापनमा उनीहरुलाई थाई गर्लफ्रेण्ड चाहिएको उल्लेख गरेकी छिन् । चिनिया युवकहरुको गर्लफ्रेण्ड बन्ने थाई युवतीले मासिक तलब पाउनेछन् । उनीहरुको मासिक तलब जनही करीब साढे ३ लाख रुपैयाँ हुनेछ । गर्लफ्रेण्डहरुले आफ्नो भूमिका राम्रोसँग निभाएमा अतिरिक्त रकम पनि प्रदान गरिने विज्ञापनमा उल्लेख छ ।

ओके माई माई नामकी फेसबुक प्रयोगकर्ताले अघिल्लो हप्ता गर्लफ्रण्ड पदको उक्त जागिरको विज्ञापन फेसबुकमा पोस्ट गरेकी हुन् । फेसबुकमा उनले लेखकी छिन् : मेरा दुईजना चिनिया साथीहरु गर्लफ्रेण्डको खोजीमा छन् ।

गर्लफ्रेण्डको उमेर १८ देखि २३ वर्षसम्मको हुनुपर्नेछ । गर्लफ्रेण्डलाई तलबको रुपमा साढे ३ लाख रुपैयाँ प्राप्त हुनेछ । यदि उनीहरुको कामलाई साथीहरुले मन पराएमा थप रकम पनि पाउन सकिनेछ । दुबैजना मेरा साथी हुन् र उनीहरुले असल तथा सुकिला मुकिला मानिस हुन् ।

गर्लफ्रेण्ड बन्न चाहने युवतीहरुका लागि केही शर्त तोकिएको छ, जसमा लागु औषध सेवन नगर्ने, काममा इमान्दार रहने, कुनैपनि खालको समस्यासँग जुधिरहेको हुन नहुने र चिनिया भाषा बोल्न सक्षम हुनुपर्नेछ ।

ओके माई माई को उक्त फेसबुक पोस्ट पढेसँगै थाइल्याण्डका कैयन् युवतीहरुले चिनिया युवकको तलबी गर्लफ्रेण्ड बन्न इच्छा जाहेर गरेका छन् । उनीहरुले फेसबुक पोस्टको कमेन्ट मार्फत् आफुहरुमा चिनिया भाषाको ज्ञान रहेको पनि उल्लेख गरेका छन् । कतिपयले कमेन्ट सेक्सनमा चिनिया शव्द नि हाओ लेखेका छन् । एजेन्सी

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्