Logo

साइनबोर्ड राखेको शुल्क बुझाउन महानगरको सूचना


 

मुन्धुमस्टार डटकम — काठमाडौं महानगरपालिकाले परिचय पाटी (साइनबोर्ड) राखेको शुल्क बुझाउन व्यवसायी तथा संस्थाहरूलाई ताकेता गरेको छ। साइनबोर्ड राखेबापत महानगरपालिकालाई बुझाउनुपर्ने शुल्क नबुझाएको पाइएको भन्दै महानगरले शुक्रबार एक सूचना जारी गरेको छ।

सूचनामा ३० दिनभित्र सम्बन्धित वडा कार्यालयमा तोकिएको शुल्क बुझाउन भनिएको छ। तोकिएको समयमा शुल्क नबुझाए वा तोकिएभन्दा ठूलो साइनबोर्ड राखे महानगर आफैँले हटाउने चेतावनीसमेत दिएको छ।

साइन बोर्ड ६ वर्ग फुटसम्मको पाँच सय रुपैयाँ, १५ वर्ग फुटसम्मको एक हजार पाँच सय रुपैयाँ र १५ वर्ग फुटभन्दा माथि ३० वर्गफुटसम्मको प्रतिवर्ग फुट एक हजार रुपैयाँ वार्षिक शुल्क लाग्ने महानगरले जनाएको छ। महानगरले ३० वर्गफुटभन्दा ठूलो साइनबोर्ड राख्न निषेध गरेको छ। ​

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्