Logo

भुपाल राई”को कविता संग्रह “यारि”सार्बजनिक​


 

मुन्धुमस्टार डटकम​- बरिष्ठ कवि तथा साहित्यकार भुपाल राई”को पछिल्लो कविता संग्रह ​”यारि” आज सार्बजानिक भ​एको छ। मण्डला थिएटरमा आज सार्बजानिक भ​एको उक्त कविता संग्रह”लाई फिनिक्स बुक्स”ले बजारमा ल्याएको हो। निक्कै छोटो तर महत्व र अर्थपुर्ण तरिकाले बिमोचन भ​एको उक्त कारेक्रममा दुई पुस्ताका प्रतिनिधि पाँच कविहरुद्वारा बिमोचित संग्रह भित्रको कबिता बाचन पस्चात तिनै पाँच प्रतिनिधि कवि र उक्त बिमोचित स्ँग्रहका कवि सोयं “भुपल राई” द्वारा संयुक्यत रुपमा बिमोचन गरिएको थियो।

एकात्मक राज्यसत्ताले निर्माण गरेको साँस्कृतिक बिभेदको बिरुद्द चालिसको दसकदेखि निरन्तर गित, संङगित र साहित्य मार्फत कलम चलाई रहेका कवि, भुपाल राई”लाई राज्यसत्ताले प्रतिपक्षि तथा बिद्रोहि कविको रुपमा हेर्ने र र्चिन्ने गरेको छ”भने परिबर्तन समानताका पक्षपाति तथा सिमान्तकृत समुदायले भने कवि, राई”लाई आफ्नो साँस्कृतिक आन्दोलनको एक कुशल कमाण्डरको रुपमा हेर्ने गरेका छ्न​। सुम्निमाको तस्बिर (२०५३) दाजै, कविता गाउँमै छ,(२०५७) पहिलो हरफ शिरबन्दि, (२०५९) सिमान्त सौदर्य, (२०७०) र अगोले जन्मोत्सब मनाउँदैन सन (२०१५) पछी यो पछील्लो कविता संग्रह “यारि” ल्याएका साहित्यकार राई”ले थुप्रै महत्वपुर्ण पुस्तकहरुको सम्पादन पनि गरेका छन्।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्