किरात राई लेखक संघको अध्यक्षमा बलिराज खम्बु
मुन्धुमस्टार
काठमाडौं । किरात राई लेखक संघको अध्यक्षमा बलिराज खम्बु निर्वाचित भएका छन् । संघको ४औं अधिवेशनले खम्बुको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा प्रकास दुमी राई र अम्बिका अनमोल निर्वाचित भएका छन् । महासचिवमा भविशंकर राई ‘धरासायी’, सचिवमा नमन राई, कोषाध्यक्षमा अन्जना राई ‘इछमफूल’ चयन भएकी छन् ।
“किरात राई लेखक संघलाई स्थापना गरी यहाँसम्म ल्याइपुर्याउन महत्त्वपूर्ण भूमिका खेल्नुहुने सम्पुर्णमा विशेष धन्यवाद । मप्रति विश्वास गरी अध्यक्षजस्तो गरिमामय पद तथा महत्त्वपूर्ण जिम्मेवारीमा चयन गरिदिनु भएकोमा सबै मित्रहरूप्रति आभार व्यक्त गर्छु” अध्यक्ष खम्बुले बताए ।
२०६४ सालमा स्थापना भएको संघले कला, साहित्यको क्षेत्रबाट समानता, पहिचानका मुद्दालाई उठाउँदै आएको छ ।



