Logo

गोर्खा भर्ती रोकिएकोमा भारतीय सेनाध्यक्षको असन्तुष्टि” शीघ्र निर्णय नभए दरबन्दी फिर्ता हुने चेतावनि


मुन्धुमस्टार डटकम​- भारतीय सेनाध्यक्ष मनोज पाण्डेले नेपालले चाँडै निर्णय नगरे अग्निपथअन्तर्गत रिक्त रहेका नेपाली नागरिकको सैनिक दरबन्दी फिर्ता हुन सक्ने बताएका छन् । उनले समयमै नेपालले निर्णय नगरे भारतले नेपालबाट सिपाही भर्ना गर्न रिक्त पदहरू फिर्ता लिन बाध्य हुने चेतावनी दिएका छन् ।

भारतको युनाइटेड सर्भिस इन्स्टिच्युट (युएसआई)मा आयोजित एक कार्यक्रममा सोधिएको प्रश्नको जवाफमा सेनाध्यक्ष पाण्डेले ९ भदौदेखि नेपालमा हुनुपर्ने गोर्खा भर्ती रोकिएकोमा असन्तुष्टि जनाएका हुन् । पाण्डेले १९–२३ भदौमा नेपालको औपचारिक भ्रमणमा रहँदा उच्च नेपाली अधिकारीसँग यसबारे केही भनेका थिएनन् । भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालले समय लगाएर निर्णय गरोस भन्ने भारतले चाहेको बताएका थिए ।

‘काठमाडौंले भर्नाका लागि अनुमति नदिए नेपाली गोर्खाका लागि छुट्याइएको रिक्त पद तत्कालका लागि अरूलाई ‘पुनः वितरण’ गर्नुपर्ने हुन सक्छ,’ सेनाध्यक्ष पाण्डेलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ । पाण्डेले ४ मंसिरको निर्वाचनअघि नेपालले यसबारेमा निर्णय नगर्ने जानकारी पाएको पनि बताएका थिए । हाल भारतीय सेनाको सात गोर्खा राइफल रेजिमेन्टमा करिब ३० हजार नेपाली नागरिक कार्यरत छन् । कुल गोर्खा रेजिमेन्टमा ६० प्रतिशत नेपाली नागरिक र ४० प्रतिशत भारतीय नागरिक छन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्