रमेश सुनुवारद्वारा लिखित “वैज्ञानिक समाजवादको रोडम्याप” बजारमा

मुन्धुमस्टार डटकम- माक्र्सबादि दर्शनका अध्यता तथा चिन्तक रमेश सुनुवार द्वारा लिखित “वैज्ञानिक समाजबादको रोडम्याप” आजबाट बिक्रिबितरण हुनेगरि बजारमा आएको छ। “रमेश सुनुवार र राजकुमार श्रेष्ठ” द्वारा सम्पादित वैज्ञानिक समाजबादको विगतको समीक्षा, वर्तमानको विश्लेषण र भविष्यको योजनालाई अगाडि सारिएको “वैज्ञानिक समाजवादको रोडम्याप” नामको उक्त पुस्तकलाई साईन्स सोसाईटीले बजारमा ल्याएको हो।
सन १९९१ मा सोभियत संघको विघटन भएपछि विश्व कम्युनिस्ट आन्दोलनमा संकट आएको थियो । त्यसपछि विश्वभरि त्यसको समाधान खोज्ने प्रयत्नहरु भए । नेपालमा पनि त्यस्ता प्रयत्नहरु धेरै भएका थिए । ती प्रयत्नहरुमध्ये एउटा थियो– ‘माक्र्सवाद अध्ययन–अनुसन्धान प्रतिष्ठान’ को स्थापना । यो प्रतिष्ठान अन्तर्र्गत चार विषयहरुमा व्यापक अध्ययन–अनुसन्धान गरिएको थियो ।
ती विषयहरु थिए– दर्शन, विज्ञान, इतिहास र माक्र्सवाद । ती अध्ययन–अनुसन्धान गरिएका विषयहरुमा लामो समयसम्म कक्षाहरु पनि संचालन गरिएको थियो । ती अध्ययन–अनुसन्धानबाट प्राप्त तथ्य र निष्कर्षहरु तथा कक्षाहरुमा सहभागीहरुले तयार पारेको नोटहरुको आधारमा यो पुस्तक तयार गरिएको हो। यो पुस्तकले समाजवादको यात्रामा विगतको समीक्षा, वर्तमानको विश्लेषण र भविष्यको योजना प्रष्ट ढंङ्गले अगाडि सारिएको छ। त्यसकारण अहिलेको समाजवाद निर्माणको लागि समाजबादि आन्दोलनको मेसो खोजिरहेका कैयौं कम्युनिष्ट तथा बामपंथि हरुकोलागि यो पुस्तक निक्कै महत्वपुर्ण हुने बिश्वास गरिएको छ।