Logo

श्रीलंकालाई हराउँदै समूह विजेताका रूपमा नेपाल सेमिफाइनलमा


 

 

मुन्धुमस्टार डटकम ​— नेपालले समूह बीं विजेताका रूपमा सोमबार वुमेन्स साफ च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ। दशरथ रंगशालामा नेपालले समूहको अन्तिम लिग खेलमा श्रीलंकालाई ६-० ले हरायो । नेपाल प्रतियोगिताको सेमिफाइनल पुगेको यो लगातार छैटौं संस्करण हो । नेपाल प्रतियोगिताका सबै संस्करणमा कम्तीमा सेमिफाइनल पुगेको छ ।

यो जितपछि नेपालको दुई खेलबाट अधिकतम ६ अंक भएको छ । यसै समूहबाट भुटान समूह उप-विजेताका रूपमा अन्तिम चारमा पुज्ञ्ो । भुटान सेमिफाइनल पुगेको यो पहिलो अवसर हो । लगातार दुई हारपछि श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ । नेपालका लागि रश्मिकुमारी घिसिङ, सरु लिम्बू, अमृता जैसी र दीपा शाहीले एक। एक गोल गरे । यस्तै अमिशा कार्कीले दुई गोल गरिन ।

पहिलो हाफमा नेपाल चार गोलले अगाडि रहेको थियो । नेपालको जित एकपक्षीय रह्यो र श्रीलंकाले पूरा खेल अवधिमा कुनै पनि आक्रमण बुन्न सकेन । श्रीलंकामाथि नेपालको यो लगातार आठौं जित हो । नेपाल श्रीलंकाविरुद्द सबै खेलमा विजयी रहेको छ ।

 

 

 

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्