Logo

यहिँ भाद्र १७ गत्ते किरात एकेडेमी सम्मान तथा पुरस्कार बितरण गरिँदै


मुन्धुमस्टार डटकम-  किरात एकेडेमी सम्मान पुरस्कार यहिँ भाद्र १७ गत्ते प्रदान गरिने भएको छ। पुरस्कारको लागि छनोट भएका कृतिहरु राजकुमार दिक्पालद्वारा लिखित “आदिबासी बिद्रोहको ईतिहास” र बिप्लभ ढकालद्वारा लिखित “भोजपुरको बाङमय” यी दुईवटा कृति पुरस्कृत हुने भएका छन। उक्त कारेक्रम नेपाल प्राज्ञा प्रतिष्ठान कमलादिमा दिउँसो एक बजे गरिने भएको छ। पुरस्कारको राशि संयुक्त रुपमा रु ५० हजार रहने छ। कोरोना महामारी र एकेडेमिको उदेश्य अनुकुलको कृति अभाबका कारण केहि बर्ष स्थगित गरिएको यो कारेक्रम यस बर्षदेखी पुन: निरन्तरतामा आएको एकेडेमी संबद्ध श्रोतले मुन्धुमस्टार डटकमलाई बतायो। एकेडेमिले सबैखाले बिभेदबाट उन्मुक्ति, सामाजिक न्याय तथा अग्रगामी बैचारिकि आधार सर्त र उदेश्यहरुको निर्धारित मापदण्ड तोकेको थियो।

सोही मापदण्ड र उदेश्यअनुसारको ईतिहास, संस्कृति, राजनिती, अध्यायन, अनुसन्धान तथा कला/साहित्य आदि संबन्धित कृतिलाई पुरस्कृत गर्ने एकेडेमीको अभियानअनुसार यसपटक एकेडेमिले आफुलाई प्राप्त समकालीन कृतिहरुमध्य ७ वटा कृतिहरुको प्रारम्भिक छनोट सुचि प्रकाशन गरेको थियो। उक्त छनोटमा परेका ७ कृतिहरु मध्यबाट एकेडेमिले यसपालीको तेस्रो सृङखलामा यी दुई कृतिहरुलाई संयुक्त रुपमा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। सन २०११ मा स्थापना भएको एकेडेमिले यसअघि युग पाठकको “उर्गेनको घोँडा” र झलक सुबेदिको कृति “ब्रीटिस साम्राज्यका नेपाली मोहरा” यी दुई कृतिलाई पुरस्कार प्रदान गरिसकेको छ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्