Logo

बिक्रम राई ‘द भ्वाइस अफ नेपाल ४’ मा ‘एडभाइजर कोच’को रुपमा देखिने


गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ को कोच परिवर्तन गरिए संगसंगै एडभाइजर कोच पनि नँया आएको छन ।

यसपटक भ्वाइस अफ नेपालमा २ कोचहरु परिवर्तन हुँदैछन्। तीनवटै सिजनमा कोचको रूपमा देखिँदै आएका दीप श्रेष्ठ र तेस्रो सिजनमा कोच रहेकी तृष्णा गुरुङको ठाउँमा राजेश पायल राई र प्रविशा अधिकारी देखिने भएका छन्। अघिल्ला सिजनमा कोच रहेका प्रमोद खरेल र राजु लामा यो वर्ष पनि यथावत् नै रहनेछन्।

युवा गायक तथा संगितकार बिक्रम राई ‘द भ्वाइस अफ नेपाल ४’ रियालीटी शोमा राजेशपायल राईको ‘एडभाइजर कोच’ केहिदिन अघि नियुक्ति भएका छन ।

डिजिटल रुपमा प्राप्त भिडियोबाट छानेर ब्लाइण्ड अडिसन भएको कुरा निर्माण पक्षले बताएको छ। डिजिटल अडिसनमा सहभागी भएका करिब ४१ हजार आवेदकमध्येबाट १२० भन्दा बढी प्रतिभाहरू ब्लाइन्ड अडिसन  छनोट गरी प्रतियोगितामा १२ जनाको समूह हुनेछ।

हिमालय टेलिभिजनबाट आगामी एक महिनाभित्रै ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ को प्रसारण हुने बताइएको छ। कार्यक्रम हरेक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुनेछ।

बिक्रम राई को हुन् ?

खोटाङ जिल्लाको ऐसेलुखर्क गाँउपालिका १, राखाबाङदेलमा जन्मिएका राई सानैदेखि मेहनती, जेहन्दार र प्रतिभाशाली थिए ।  आफ्नो रुचि अनुसार गीत-संगीत क्षेत्रमा लागेका हुन । राईले छोटो समयमा नै दजनौ चर्चित गीत-संगीत दिएका छन् ।

संगितकार तथा गायक बिक्रम राईको सांगीतिक यात्राले छलाङ मार्दैछ। नेपाली गीत संगितमा निक्कै अब्बल मानिएका र फ्रेन्चाई शो हुनु भन्दा अगाडिको पहिलो ‘नेपाल आईडल’को बिजेता समेत रहेका राई अहिले गीत-संगितसंगै रमाई रहेका छन।

केहिबर्ष अघि राईले संगीत गरेको ‘गोक्यी री’ गीतले गिनिज बुकमा समेत नाम लेख्न सफल भएपछि झन थप सफलता चुलिएको हो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्