स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य बिमा कार्यक्रममा देखा परेका सबै समाधान गर्न मन्त्रालयको तर्फबाट प्रतिवद्धता जनाएका छन् । आज नेपाल उद्योग वाणिज्य महासंघले आज आयोजना गरेको एक कार्यक्रममा मन्त्री खापुङले मन्त्री खापुङले स्वास्थ्य बिमा कार्यक्रमबापतको बाँकी शोधभर्ना रकम पनि सरकारले छिट्टै भुक्तानी गर्ने बताएका छन् ।

कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले सर्वसाधारण जनताले सेवाको नाममा सास्ती खप्नुपर्ने स्थिति भएमा स्वास्थ्य बिमा योजना मात्र धरापमा पर्ने नभई सरकारको नीति र विश्वसनीयतामानै प्रश्न उठने भन्दै  यो अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।

बिमा बोर्डका अध्यक्ष डा. दामोदर बसौलाले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी रूपमा लैजान जनशक्ति अभाव सबैभन्दा ठुलो समस्याको रूपमा रहेकाले जनशक्तिको पदपूर्तिमा सरकारको ध्यानाकर्षण गराएका थिए । सरकारको स्वास्थ्य बिमा कार्यक्रम ७७ वटै जिल्लामा सुरु भई ७४६ वटै स्थानीय तहमा विस्तार भइसकेको छ ।

बोर्डका अनुसार कार्यक्रममा झन्डै ६० लाख मानिसहरू जोडिएका छन् भने ४५० स्वास्थ्य संस्थामा स्वास्थ्य बिमा कायृक्रम लागु भएको छ ।