काठमाडौमा ‘खोटाङ सांगीतिक साँझ–२०७९’ हुने
काठमाडौं । आउँदो भदौं ४ गते खोटाङ्गे कलाकारहरु एकै ठाउँमा गुञ्जिने भएका भएका छन् । त्यो अवसर खोटाङ कलाकार समाजले जुराउन लागेको हो ।
खोटाङ कलाकार समाजले ४ भदौमा ‘खोटाङ सांगीतिक साँझ–२०७९’ आयोजना गर्दैछ । समाजले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना कार्यक्रमबारे जानकारी गराएको हो । नेपाल प्रज्ञा प्रतिस्ठान कमलादिमा भब्य हुन्दैछ ।
उनका अनु्सार खोटाङ कलाकार समाजको कल्याणकारी कोष निर्माणको उद्देश्यसहित सांगीतिक साँझ गर्न लागिएको हो । कार्यक्रममा राजेश पायल राई, सत्यकला राई, पार्वती राई, कला राई, अनिला राई, रेवत राईलगायत २० भन्दा चर्चित खोटाङे कलाकाहरुले आफ्नो प्रस्तुती दिनेछन् ।
०७७ सालमा स्थापना भएको खोटाङ कलाकार समाजको १९ सदस्यीय तदर्थ समिति गठन भएको थियो । कार्यक्रममा समाजका अध्यक्ष रुपकुमार राईका अलावा महेश खड्का, शशी गुरुङ, प्राज्ञ तथा संगीतकार शान्तिराम राई, प्राज्ञ सदस्य एवं गायिका सत्यकला राई, गायिका पार्वती राई, अनिला राईलगायतको उपस्थिति थियो ।
समाजका सदस्य बिक्रम राईले कार्यक्रममा खोटाङ सबै कलाकारहरुलाई एकैठाउँमा उभ्याउने एक गरिमय सांगीतिक साँझ रहेको बताए ।
खोटाङ कलाकार समाजमा अध्यक्ष रुपकुमार राई, उपाध्यक्षदय शिवसंगम राई, मेनुका राई, कन्काईष्ट राई, महासचिव धर्मराज पोखरेल र सचिव पार्वन राई रहेका छन ।
त्यस्तैगरी कोषाध्यक्ष रोशन राई सहकोषाध्यक्ष कला राई, सदस्यहरु बिनोद खम्बु, रेवत राई, बिक्रम राई, मनिता राई, राजेश राई, मिना राई, जसदिप राई, जमन थुलुङ, दिपेश राई, अनिल राई र अनिल कोयी राई रहेका छन ।



