गायिका कल्पना राईको ‘मियो हौ तिमि मेरो मायाको’ गीत सार्वजनिक
सुमन वाङदेल
युके लाहुरे प्रकाश नाछिरिङ राई र गायिका कल्पना चाम्लिङ राईको जिवनमा आधारित प्रेमिल गीत सार्वजनिक भएको छ । आजभन्दा ठिक २५ बर्ष अघी जोडिएको प्रेम अझै ताजै रहेको गीतबाट प्रस्तुती गरीएको छ ।
यस गीतलाई मेगास्टार राजेश पायल राईको राजेश पायल राई अफिसियल युटयुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
यस गीतमा चर्चित मेगास्टार गायक राजेश पायल राई र गायिका कल्पना राईले युगल स्वर दिएको छन । प्रस्तुत गीतमा शब्द टिका चाम्लिङ, संगीत शान्तिराम राई र संगीत संयोजन महाराज थापाको रहेको छ ।
त्यस्तैगरी रेकडिस्ट पवन बिक र सुबाश कुथुमी रहेको छ । रेकडिस्ट पवन बिक र सुबाश कुथुमी र मिक्सिङ र मास्टरीङ गोबिन्द सोनिले गरेको हुन । यस गीतलाई एक्सन स्टुडियोमा रेकर्ड गरिएको हो ।
यस गीतमा एक सच्चा प्रेमलाई नायकत्व र जिवन दर्शनको गहिराईको तरिकाले गीतमार्फत उजागर गर्न खोजिएको छ ।
यस गीतका गायिका भन्छिन, ‘साच्चिनै मानव जिवन एउटा कथा अनि ईतिहास हो, यहि वास्तविक आफ्नो सत्य कथा भित्रको दुई पात्र हामि ‘प्रकाश’ अनि ‘कल्पना’!’
जीबनको प्रेमलाई जिबन्त समर्पण गीतमार्फत देखाउन खोजिएको छ । यस गीतको अफिसियल भर्सनको भिडीयो आएको छ, जसमा अभिनय चर्चित नायिका मिरुना मगर र योगेन्द्र राईले गरेको छन । प्रकाश नाछिरिङ राई र गायिका कल्पना चाम्लिङ राईले समेत अभिनय गरेको छन । त्यस्तैगरी महेन्द्र राई, शिवि याक्खा, गनेश राई, प्रमिला राई, उमा गुरुङ, रविन राई, कृति पवन, अभि राईको समेत अभियान रहेको छन ।
यस भिडियोमा जसबहादुर राईले निर्देशन गरेको हुन । मेकअफ समारा जोसि (नेपाल), शान्ती राई श्रेष्ठ र सबिना लिम्बु युकेमा गरेकी हुन । यस गीतको भिडियो छायाङकन अभी राईको र सम्पादन बिकास दाहालले गरेको हुन ।




