टेस्ट ट्यूब बेबी के हो ? प्रक्रिया कसरी गरिन्छ र कति लाग्छ खर्च ?
नेपालमा टेस्ट ट्युब बेबी भित्र्याउने वरिष्ठ स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजाल हुन् । उनकै टिमको प्रयासमा ओम अस्पतालमा सन् २००६ मा नेपालमा पहिलो टेस्ट ट्युब बेबी जन्मिएको थियो । प्राकृतिक रुपमा बच्चा जन्माउन असफल भएकाहरुको लागि यो राम्रो विकल्प हो । नेपालमा यो विधि सुरु भएको धेरै बर्ष भइसक्यो । अधिकांश स्थानमा आईभीएफ सेवा सुचारु छ । यो अवधिमा हज्जारौं दम्पतीले सन्तान सुख पाइसके। ओम अस्पतालमा सन् २००६ मा पहिलो टेस्ट ट्युब बेबी जन्मिएको थियो । नेपालमा जन्मिएको पहिलो टेस्ट ट्युब बेबीको नाम ओममणी तामाङ हो । नेपालमा पहिलो टेस्ट ट्युब बेबी जन्माएको श्रेय मेरो टिमलाई दिइन्छ । सन् २००६ सालदेखि यता ओम अस्पतालमा मात्रै लगभग २ हजार टेस्ट ट्यूबबाट बच्चा जन्मिसकेका छन् । विभिन्न कारणले सन्तान नभएकाहरुका लागि आधुनिक प्रविधिहरु भित्राएर बाँझोपनको उपचार गर्ने विशेष प्रजनन् केन्द्र (टेस्ट ट्युब बेबी सेन्टर)नै स्थापना गरी अन्तराष्ट्रिय स्तरको सेवा दिने तयारी नेपालको बिभिन्न हस्पिटलहरु छन ।
परिवर्तित जीवनशैली, वातावरणीय अवस्था र बढ्दो तनाव लगायतका कारणले अधिकांश महिलामा बाँझोपन अर्थात निसन्तान सम्बन्धी समस्या विकराल बन्दै गएको छ। त्यस्तैगरी बढ्दो उमेर, ढिलो विवाह, धुम्रपान तथा मादक पदार्थको सेवन, यौन सम्बन्धी रोग, पाठेघरको संक्रमण, असुरक्षित गर्भपतन, महिनावारी रोक्ने औषधिको अधिक सेवन, लामो समयसम्म गर्भनिरोधक अस्थायी साधनको प्रयोग, अधिक मोटोेपन, सुगर तथा थाइराइडको समस्या लगायतका कारणले पनि महिलाहरुमा बाँझोपन हुने अध्ययनहरुले देखाएका छन्।
टेस्ट ट्यूब बेबी के हो ?
पुरुषको शुक्रकीट र स्त्रीको डिम्ब संकलन गरी सिसाको ट्युब वा प्लेटमा राखेर एकअर्कासँग मिलन गराई भ्रुण तयार गरिन्छ। यसरी टेस्टट्युबमा गर्भाधानको प्रक्रिया पूरा भएपछि भ्रूणलाई सिरिन्ज (सानो पाइप) को सहायताले स्त्रीको पाठेघरको भित्तामा नै लगेर राखिन्छ। त्यसपछि महिलाको पाठेघरमा साधारण अवस्थामा जस्तै भ्रूण विकसित भई शिशुको रूप धारण गर्दछ। यसरी जन्मने भएकाले बच्चालाई टेस्टट्युब बेबी भनिएको हो।
कहिलेकाहीँ यस्तो पनि हुन्छ कि पुरुषको शुक्रकीटले महिलाको शरिरमा भ्रूण बनाउन पूर्ण रूपमा उर्वर हुँदैन, यस्तो अवस्थामा बच्चा उत्पादन गर्न कृत्रिम विधि प्रयोग गरिन्छ जसलाई टेस्ट ट्यूब बेबी भन्छन्। धेरैजसो अवस्थामा पुरुषको शुक्रकीट महिलाको अण्डासँग निषेचन गर्न पर्याप्त बलियो हुँदैन। सन्तान जन्माउन बलियो शुक्रकीट आवश्यक हुन्छ तर त्यो नभएपछि संसारका धेरै दम्पतीहरु आजीवन सन्तानविहीन रहन्छन् ।
कमजोर शुक्रकीटका कारण सन्तान जन्माउनबाट वञ्चित हुने समस्यालाई समाधान गर्न सन् १९७८ मा बच्चा जन्माउने टेस्ट ट्युब बेबी विधिको आविष्कार गरिएको थियो । यो विधि अहिलेसम्म सफल भइसकेको छ र संसारभरका मानिसहरु यसै विधिबाट बच्चा जन्माउने गर्छन् ।
टेस्ट ट्यूब बेबी प्रक्रिया कसरी गरिन्छ ?
टेस्ट ट्युब बेबी इन भिट्रो फर्टिलाइजेसन (In Vitro Fertilization) टेस्ट ट्युब बेबी प्रविधिबाट बच्चा उत्पादन गर्न प्रयोग गरिन्छ। इन भिट्रो फर्टिलाइजेसन (In Vitro Fertilization) बच्चा उत्पादन गर्ने एक कृत्रिम चिकित्सा विधि हो जुन टेस्ट ट्यूब बेबीको प्रक्रियामा प्रयोग गरिन्छ।
यस विधिमा पुरुषको शुक्रकीटलाई निर्धारित प्रक्रियामार्फत महिलाको डिम्बमा प्रवेश गरिन्छ। यो करिब एक महिनाको प्रक्रिया हो। धेरैजसो ठाउँमा शुक्रकीटलाई अण्डामा ल्याउन एउटै विधि प्रयोग गरिन्छ, तर कतिपय क्लिनिकहरूमा डाक्टरहरूले फरक-फरक तरिकाहरू प्रयोग गर्छन्।
हामी तपाईंलाई टेस्ट ट्यूब बेबी प्रक्रियाको मानक विधिको बारेमा बताउनेछौं। जब मानिसहरूले बच्चा जन्माउन सक्दैनन्, तब यो विधि अपनाइन्छ। यसको पछाडि सबैभन्दा ठूलो कारण पुरुष नै हो किनकी पुरुषको शुक्रकीट यति कमजोर हुन्छ कि उसले अण्डालाई पूर्ण रूपमा छिर्न सक्दैन ।
टेस्ट ट्युब बेबी विधिबाट बच्चा जन्माउन यो विधि निकै सफल भएको छ । टेस्ट ट्युब बेबी विधिले पैंतीस वर्ष मुनिका महिलालाई सजिलै जन्म दिन सकिन्छ । ३८ देखि ४० वर्ष उमेरका महिलामा यो विधिले बच्चा जन्माउने सम्भावना कम हुन्छ । अनुसन्धानका अनुसार यो महिलाको स्वास्थ्यमा पनि भर पर्छ कि उनको शरीर टेस्ट ट्युब बेबीबाट बच्चा जन्माउन सक्षम छ वा छैन।
कति लाग्छ खर्च ?
डा. भोला रिजालका अनुसार नेपालमा टेस्ट टयुब बेबीको लागी ३ देखि ४ लाख रुपैंयाँ खर्च हुन्छ । जुन रकम सामान्य परिवारहरुको लागी महङ्गो हो । त्यसैले यो प्रक्रियालाई सस्तो बनाउन हामीले पहल गरिरहेका छौं । यो प्रकृया काठमाडाँै बाहिरका अन्य केही जिल्लाहरुमा पनि हुने गरेको छ । नेपाली मात्र नभई विदेशीहरु पनि टेस्ट ट्युब बेबीको लागि नेपाल आएका छन् ।
दाताको वीर्य नचाहनेहरू
अर्काको वीर्य वा डिम्ब नचाहने परिवार पनि धेरै हुन्छन् । महिलाको डिम्ब र पुरुषको वीर्य कुनैको पनि एक कम्जोरी भए एक अर्कोमा सम्झौता गरी बच्चा नलिने पनि भेटिन्छन । नेपाली समाज मा यस्तो थुप्रै उदारणहरु छन ।
असुरक्षित गर्भपतन निःसन्तानको कारण
सामान्यतया गर्भ रहेको केही समयपश्चात् महिलाले आफ्नो स्वेच्छामा गर्भमा रहेको शिशु फाल्नुलाई गर्भपतन भनिन्छ । किशोरी एवं महिला अज्ञानताका कारण असुरक्षित गर्भपतन गर्न बाध्य भइरहेका छन्। मातृ मृत्युदर गराउने प्रमुख कारणमध्ये असुरक्षित गर्भपतन पनि एक हो। चिकित्सकका अनुसार पछिल्लो समयमा बढ्दै गएको असुरक्षित गर्भपतनका कारणले पनि महिलालाई निःसन्तान बनाइरहेको छ। पाठेघरमा प्वाल पर्न सक्ने, आन्द्रा काटिन सक्ने, संक्रमणको हुने, बच्चा बस्न नसक्ने समस्या निम्तिने, बाँझोपन हुन सक्ने आदी समस्याहरु देखिछन ।बजारमा जथाभावी पाइने औषधि सेवनले अहिले युवतीहरूमा बाँझोपनको समस्या निम्त्याइरहेको छ।
यौनरोग घातक हुन्छन ?
समयको विकास क्रमसँगै विश्वका विभिन्न स्थानमा नयाँनयाँ रोगहरु देखिने गरेका छन्। नयाँ रोगको उत्पत्तिले मानव जीवनमा विभिन्न खतरा पनि निम्त्याइरहेको छ। निसेरिया मेनिन्जाइटाइड्, एच आईभी एड्स, माइकोप्लाज्मा जेनिट्यालिअम, सिगेला फ्लेक्सनरी र लिम्फोग्र्यानुलोमा भेनेरम (एलजिभी)जस्ता रोगहरु रहेको छ । नयाँ रोगको उत्पत्तिको कुरा गर्दा यौनरोग अपवादमा पर्दैन। चिकित्सकका अनुसार युवा उमेरमै रोजगारीका लागि विदेशिएका युवाहरूले विदेशबाट यौनरोग भित्र्याइरहेका छन्। यस्ता युवामा पनि यौनरोगको संक्रमणका कारण सन्तान नहुने समस्या आइरहेको छ। विदेशमा असुरक्षित यौन सम्पर्क गरेका कारण धेरै युवाले स्वदेशमा आएर विवाह गर्दा सन्तान पाउने अवसर गुमाइरहेका छन्।



