प्रदेश सरकार गठनको चौथो वर्ष पूरा हुन लाग्दासम्म पनि प्रदेश १ को नामकरण अन्योलमै छ । प्रदेश १ को नामकरणका लागि निर्णायक कसरतमा जुटेका दलहरू साझा सहमतिका लागि मिलनविन्दुको खोजीमा लागेका छन्। कम्तीमा ठूला तीन दल एकै ठाउँ नभए प्रदेशको नाम नटुंगिने निश्चित भएका कारण दलहरू मिलनविन्दुको खोजीमा लागेका हुन्।

शुक्रबार आयोजित सर्वदलीय बैठकमा माओवादी ‘किरात’, एमाले ‘कोशी’, कांग्रेस (कुनै नाम प्रस्ताव नगरेको), जसपा ‘किरात, लिम्बुवान, शेर्पालुङ, मधेस’, लिम्बुवान ‘किरात-लिम्बुवान’ र राप्रपा ‘सगरमाथा’ नाम प्रस्वाव गरेका छन ।

प्रदेश सभाको पछिल्लो साढे चार वर्षभरि नामकरणबारे मौनप्रायः दलहरूले संसद्को पहिलो कार्यकाल सकिन लाग्दा भने नामकरणमा उच्च चासो देखाएका छन्।

मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको सरकार कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च गरी ५ दलीय गठबन्धनको छ । गठबन्धन दलभित्रै पहिचान र भूगोलका आधारमा मतभिन्नता रहेको छ । यही अवस्था प्रमुख प्रतिपक्षी दल एमालेमा पनि छ । बिराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित सर्वदलीय बैठकमा एमालेले भौगोलिक आधारमा प्रदेशको नाम राख्नुपर्ने बताउँदै ‘कोसी’ का पक्षमा सहमत हुन अन्य दललाई आग्रह गरेको छ।

मुलुकमा पहिचानको आन्दोलन लामो समयदेखि जारी छ, पहिचानले यहाँको ठूलो जनसंख्यालाई आत्मसम्मानको अवसर दिन्छ। खोलानाला, पहाड, पर्वत हाम्रा अमूल्य निधि हुन् तर पहिचान तिनलाई होइन, जनतालाई चाहिएको छ। यसर्थ बहुपहिचानसहितको नाम राखौ भन्ने कुरा मुख्यमन्त्री राजेन्द्रकुमार राईले बताउदै आएका छन ।

बहुपहिचान पक्षधरलाई प्रमुख प्रतिपक्षी कांग्रेसको समर्थन देखिएको छ भने पहिचानवादीलाई माओवादी केन्द्रलगायतको समर्थन छ । पहिचानवादीहरू लिम्बुवान, खुम्बुवान, किरात र लिम्बुवान–खुम्बुवान–किरातमध्ये एउटा प्रदेशको नाम हुनुपर्ने अडानमा छन् ।

शुक्रबार आयोजित सर्वदलीय बैठकमा माओवादी ‘किरात’, एमाले ‘कोशी’, कांग्रेस (कुनै नाम प्रस्ताव नगरेको), जसपा ‘किरात, लिम्बुवान, शेर्पालुङ, मधेस’, लिम्बुवान ‘किरात-लिम्बुवान’ र राप्रपा ‘सगरमाथा’ नाम प्रस्वाव गरेका छन ।

प्रदेशसभाको सबैभन्दा ठूलो दल मुख्य विपक्षी नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले भूगोल पक्षधरहरू कोसी, सगरमाथा, विराट, कोसी–किरात, सगरमाथा–किरातमध्ये एउटा नाम राख्नुपर्ने पक्षमा देखिएका छन् ।

९३ सदस्यीय प्रदेश सभामा एमाले सांसद ३९ (सभामुखसहित) जना  छन्। नेपाली कांग्रेस २१, माओवादी केन्द्र १५ (१६ मध्ये १ पदमुक्त), एकीकृत समाजवादी १०, जसपा ३ र राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका १/१ जना छन्। प्रदेशमा दुई तिहाइ संख्या पुर्‍याउन ६२ जना आवश्यक पर्छ।

नेपालका सात प्रदेश मध्ये पाँचवटाले भूगोलका आधारमा प्रदेशको नाम टुंगो लगाएका छन् । प्रदेश–७ ले सुदूरपश्चिम, ६ ले कर्णाली, ४ ले गण्डकी र ३ ले बाग्मती नाम राखेका हुन् । प्रदेश–५ ले लुम्बिनी प्रस्ताव गरेको छ । ट्यस्तैगरी प्रदेश २ ले मधेश प्रदेश राखेर पहिचानको नाम राखेसगंसंगै प्रदेश १ लाई पनि पहिचानसहितको नाम राख्न दबाब थपेको छ ।

प्रदेशको नाम कोसी, सगरमाथा, किरात, किरात–सगरमाथा, लिम्बुवान बिराट कोशी आदी के होला भन्ने सबैको मनमा खुल्दुली रहेको छ । प्रदेशको नाम कोसी, सगरमाथा, किरात, किरात–सगरमाथा, लिम्बुवान, खुम्बुवानलगायत हुनुपर्ने माग छ ।

देशको नामाकरण गर्दा पहिचानको मुद्दा बेवास्तामा परेपनि प्रदेश–१ मा भने पहिचान पक्षधरको मत बलियो रहेकाले प्रदेशको नाम किरात रहने सम्भावना बलियो छ । प्रदेशको नाम किरात मात्रै नरहे पनि कोशी किरात वा सगरमाथा किरातमध्ये एक हुने सम्भावना बलियो छ । प्रदेशको राजधानी तोक्ने समयमा नेकपा सांसदको मत किरात, कोशी र सगरमाथामा बाँडिएको थियो । तर पछिल्लो समय सगरमाथा किरात र कोशी किरात नाम चर्चामा छ ।