Logo

गिरिजाप्रसाद कोइराला विश्वविद्यालय खोल्नुपर्छ : मन्त्री बडू


उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोइराला विश्वविद्यालय खोल्नुपर्ने बताएका छन् । शनिबार स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको ९९औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले नेपालमा गिरिजाप्रसाद कोइराला विश्वविद्यालय खोल्नुपर्ने बताएका हुन् ।

विश्वविद्यालय रहेको उल्लेख गर्दै स्वर्गीय नेता कोइराला आदर्श र मूल्यमान्यताको प्रतीक भएकाले उनको नाममा जीपी कोइराला विश्व विद्यालयको स्थापना आवश्यक रहेको बताए । मन्त्री बडूले उत्कृष्ट विश्वविद्यालयको रूपमा आफूलाई स्थापित गर्ने उद्देश्यकासाथ विश्व विद्यालय स्थापना हुनुपर्ने बताए ।

उनले जीपी कोइराला विश्व विद्यालय स्थापनार्थ सरकार सहयोग गर्न तयार रहेको उद्घोष गरे । मन्त्री बडूले गिरिजाप्रसाद कोईराला प्रधानमन्त्री हुँदा नै काठमाडौं विश्व विद्यालयको रूपमा पहिलो विश्व विद्यालय स्थापना गरेको र बहु विश्व विद्यालयको नीति अन्तर्गत खोलेका विश्व विद्यालयले आफ्नो प्रतिष्पर्धा परिणाममा देखाइरहेको बताए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्