Logo

नम्बर प्लेट देवनागरी लिपिमा हुनुपर्ने नेपाली शिक्षा परिषद्को माग


यातायातका साधनमा अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने विषयमा नेपाली शिक्षा परिषद्ले प्रेस विज्ञप्ति जारी गर्दै नम्बर प्लेट देवनागरी लिपिमा रहनुपर्ने माग गरेको छ ।

नेपाल सरकारले सवारी साधनमा विशेष संख्या पाता (इम्बोस्ड नम्बर प्लेट) जडान गर्ने र सो पातामा अंक र अक्षर देवनागरी लिपि (नेपाली) नभई रोमन लिपि (अंग्रेजी) रहने निर्णयसमेत गरी सोहीअनुसार कार्यान्वयन गर्न सार्वजनिक सूचनासमेत प्रकाशित गरेको सन्दर्भमा परिषद्को ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाएको छ ।

उपरोक्त सम्बन्धमा परिषदको बैंठकले सो कार्यमा नेपाली भाषाको अनिवार्य प्रयोग गर्न विज्ञप्तिमार्फत् जोडदार माग गरेको छ । बैठकलगत्तै यातायात मन्त्रालयमा पत्रमार्फत् ध्यानाकर्षण गराउँदै सो कार्य सच्चाउनसमेत आग्रह गरेको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्