Logo

माओवादी कम्युनिस्ट पार्टी, नेपाल र स्वतन्त्र माओवादी समुहवीच ध्रूवीकरण सम्पन्न


 

काठमाण्डौ- क. बालकृष्ण गजमेर (इस्लाम) नेतृत्वको स्वतन्त्र माओवादी समुहसंग झापाको विर्तामोडमा ध्रूवीकरण कार्यक्रम सम्पन्न गरियो। माओवादी कम्युनिस्ट पार्टी, नेपालको तर्फबाट महासचिव क. रामनारायण पाल र सीसीएम क. प्रवीण दर्नाल तथा स्वतन्त्र माओवादीको तर्फबाट क. बालकृष्ण गजमेर, क. तेजप्रसाद तिवारी र क. हस्तबहादुर क्याप्छाकीमगर समेतवीचको विस्तृत छलफलबाट निम्न सहमतिसहित ध्रूवीकरणको निर्णय गरियो।

१. “माओवादी कम्युनिस्ट पार्टी, नेपाल” को नाम र पार्टी पुनर्गठनका दौरान विकसित विचारधारा एवं समाजवादी लोकतन्त्रको राजनीतिक कार्यदिशा र कार्यक्रममा सहमत हुँदै नेपाली क्रान्ति सम्पन्न गरिछाड्ने प्रतिबद्वतासहित ध्रूवीकरण सहमति गरियो।
२. आवश्यक गृहकार्य गरि स्वतन्त्र माओवादी समुहबाट ध्रूवीकरणमा सहभागी कमरेडहरुको संगठनात्मक जिम्मेवारी ठोस गर्ने।
३. क. बालकृष्ण गजमेर संयोजक रहनु भएको “छिन्ताङ्-सुखानी जनसाँस्कृतिक मञ्च” लाई साझा अभियानको रुपमा पार्टीले सहयोग र समर्थन गर्दै अघि बढाउने।

४. स्वतन्त्र माओवादी समुहबाट ध्रूवीकरणमा सहभागी कमरेडहरु:
क. बालकृष्ण गजमेर- झापा,
क. तेजप्रसाद तिवारी- झापा,
क. हस्तबहादुर मगर- झापा,
क. याम लिम्बू(आवेश)-ताप्लेजुङ,
क. अमृत रसाइली- तेह्रथुम,
क. मिलन प्रसाईं- काठमाडौं,
क. नरेश आचार्य- झापा,
क. पेम्बा शेर्पा- ताप्लेजुङ,
क. शंकर अधिकारी- सुनसरी,
क. खड्ग शिवा- ताप्लेजुङ्-झापा,
क. कन्चन गौतम- झापा,
क. सन्दीप परियार- झापा र
क. रविरत्न दौलिया-झापा।

ध्रूवीकरणमा सहभागी कमरेडहरु विगत महान जनयुद्वका इमान्दार क्रान्तिकारी योद्वाहरु रहेको र, क्रान्तिको आकाङ्क्षाले विप्लव नेकपामा संलग्न रहँदै आएकोमा त्यस समुहबाट वितृष्ण भएर स्वतन्त्र माओवादीको हैसियतमा रहेर जनसेवा गर्दै आउनु भएको कुरा माओवादी कम्युनिस्ट पार्टी, नेपालको महासचिव रामनारायण पालले बताए । महासचिव पालले थपे ‘गत बर्षदेखि भेटघाट तथा वैचारिक-राजनीतिक छलफल गर्दै ध्रूवीकरणको यस सुखद निर्णयमा पुगिएको हो।’

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्