Logo

उन्नाइसौँ राष्ट्रिय धान दिवस (फोटो फिचर)

काठमाडौँ:  विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो ।

पोखरा पर्यटन परिषद्को आयोजना, देवीस्थान सेवा समाज पोखरा–२५ हेमजाको स्थानीय आयोजना एवम् नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा आयोजित १७ औँ असारे रोपाइँ महोत्सवको उद्घाटन समारोहका अतिथिलाई धानको बीउको माला । तस्बिर: वासुदेव पौडेल । रासस

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

पोखरा पर्यटन परिषद्को आयोजना, देवीस्थान सेवा समाज पोखरा–२५ हेमजाको स्थानीय आयोजना एवम् नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा आयोजित रोपाइँ महोत्सवको उद्घाटन समारोहमा खेत हिल्याउँदै । तस्बिर: वासुदेव पौडेल । रासस

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ । औपचारिकरूपमा सरकारले निर्णय गरेर धान दिवस घोषणा गर्नुअघि नै नेपालमा असार १५ गते दहीच्युरा खाने संस्कृति प्राचीनकालदेखि नै रहिआएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

ललितपुरको खुमलटारमा रोपाइँ गर्दै किसान । तस्बिर: प्रदीपराज वन्त । रासस
ललितपुरको खुमलटारमा रोपाइँ गर्दै किसान । तस्बिर: प्रदीपराज वन्त । रासस
कृषि ज्ञान केन्द्र लमजुङ र बेँसीसहर नगरपालिकाको कृषि शाखालगायतको संयुक्त आयोजनामा बुधबार बिहान बेँसीसहरमा १९औँ धान दिवसको अवसरमा आयोजित धान दिवस कार्यक्रममा बेँसीसहरको दनाईफाँटमा धान रोप्दै जिल्ला समन्वय समिति प्रमुख पूर्णबहादुर गुरुङ, उपप्रमुख बुनाकुमारी रिमाल, यस नगरका नगरप्रमुख गुमानसिंह अर्याल, प्रमुख जिल्ला अधिकारी सुशिल वैद्य, ज्ञान केन्द्रका प्रमुख सुदीप खतिवडालगायत । तस्बिर: जनक श्रेष्ठ । रासस

पूर्वी चितवनको खैरहनी नगरपालिका–१३, बैरीयामा बुधबार १९औँ धान दिवसका अवसरमा मेसीनबाट धान रोप्दै जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी । तस्बिरः नारायण अधिकारी । रासस
उन्नाइसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा तुलसीपुर उपमहानगरपालिकाले वडा नं १ को भमकेमा आयोजना गरेको धान रोपाइँ कार्यक्रममा नगरप्रमुख टीकाराम खड्का, उपप्रमुख स्यानी चौधरी, नेकपा(एमाले)का केन्द्रीय सदस्य कोमल वली, विभिन्न वडाका वडाध्यक्षलगायत सहभागी । तस्बिरः नारायणी रजौरे । रासस

उन्नाइसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवद्वारा बाली विज्ञान अनुसन्धान केन्द्र, खुमलटारमा आयोजित ‘१९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ कार्यक्रममा आधुनिक कृषियन्त्रबाट रोपाइँ गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादव । तस्बिर: प्रदीपराज वन्त । रासस
कपिलवस्तुको शिवराज–२, बालापुरस्थित अस्सीबिघा भनिने स्थानमा धान रोपेर उन्नाइसौँ राष्ट्रिय धान दिवस मनाइँदै । तस्बिरः सनिउल्ला धोबी । रासस
असार १५ अर्थात् राष्ट्रिय धान दिवसका अवसरमा भोजपुरको पोखरेमा रोपाइँ गरिँदै। नेकपा (एमाले) जिल्ला कमिटी भोजपुरले यहाँ रोपाइँ कार्यक्रमको आयोजना गरेको हो । जिल्लाका विभिन्न ठाउँमा धान दिवसका अवसरमा कार्यक्रम गरिएको छ । तस्बिर: युवराज विष्ट । रासस

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्