Logo

अञ्जना राई एएफसी एलिट महिला रेफ्री प्यानलमा


महिला रेफ्री अञ्जना राई एसियाली फुटबल महासंघ एएफसी एलिट महिला रेफ्री र सहायक रेफ्री प्यानल २०२२ मा समावेश भएकी छिन् ।

एएफसीले शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पत्र पठाउँदै राईलाई एएफसी एलिट महिला रेफ्री र सहायक रेफ्री प्यानल २०२२ मा समावेश गरिएको जनाएको हो ।

प्यानलमा समावेश भएसँगै राईलाई नोभेम्बरका लागि तय एएफसी एलिट रेफ्रीको तयारी कोर्सका लागि बोलाइएको छ ।

राईले सन् २०२१ मा फिफा रेफ्रीको ब्याच प्राप्त गरेकी थिइन् । हाल नेपालबाट एक मात्रै महिला फिफा रेफ्री रहेकी छिन् । यस्तै फिफाले एसिस्टेन महिला रेफ्रीमा एक कोटा प्रदान गरेको छ ।

राईले आफ्नो रेफ्री पेशाप्रति सन्तुष्ट र गर्व महशुस गरिरहेको बताउँदै उनले रेफ्रीकै भूमिका आफूलाई अझै अब्बल साबित गरेर देखाउन बाँकी रहेको बताईन् र त्यसका लागि आफू निरन्तर प्रयासरत र मिहिनेत गरिरहेको समेत स्पष्ट पारिन् ।

यता, पुरुष तर्फ भने १० फिफा रेफ्री रहेका छन् । जसमा ६ जना एसिस्टेन रेफ्री छन् । उदयपुरकी स्थानीय वासिन्दा राईलाई देश र पूर्वी फुटबलमा योगदान दिदै आएकी छिन ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्