Logo

किरात एकेडेमी पुरस्कारको प्रारम्भिक सूचीमा सात कृति


काठमाडौँ: किरात एकेडेमी नेपालले प्रदान गर्दै आएको किरात एकेडेमी पुरस्कारका लागि ७ वटा पुस्तकको प्रारम्भिक छनोट सार्वजनिक गरेको छ ।

एकेडेमीले सार्वजनिक गरेको प्रारम्भिक सूचीमा गणेश अधिकारीको उपन्यास ‘डायरीमा रामप्रसाद राई’, विप्लव ढकालको ‘भोजपुरको वाङ्मय’, डीपी ढकालको ‘समाजवाद र नेपाल’ तथा केवल विनावीको कविता संग्रह ‘यादहरूको संग्रहालय’ छन्।

त्यस्तै, राजकुमार दिक्पालको ‘आदिवासी विद्रोहको इतिहास’, रमेशप्रसाद भट्टराईको ‘आधुनिक नेपाली उपन्यासको सांस्कृतिक विश्लेषण’ र रामराज रेग्मीको ‘नेपालको इतिहास एक मार्क्सवादी अध्ययन’ छन्।

एकेडेमीका तर्फबाट अध्यक्ष भुपाल राई र महासचिव चेतनाथ धमलाले प्रकाशित गरेको विज्ञप्तिमा कृति छनोटको आधार पनि प्रकाशित गरिएको छ।

एकेडेमीका अनुसार प्रतिरोधी साहित्य, क्षेत्रीय एवम् समावेशी वाङ्मयको अध्ययन, समाजवादी अर्थराजनीति, दलित सौन्दर्य चेतनालाई कृति छनोटको आधार बनाइएको छ। त्यस्तै उपेक्षित इतिहासको अध्ययन, साहित्य समालोचनामा नयाँ आयामको खोजी र इतिहासको भौतिकवादी अध्ययनजस्ता आधारमा कृति छानिएको उल्लेख छ।

कोभिड महामारी र एकेडेमीको उद्देश्य अनुकुलका कृति अभावका कारण केही वर्ष पुरस्कार स्थगित हुन पुगेको कार्यक्रमले यस वर्षदेखि फेरि निरन्तरता पाउने एकेडेमीले जनाएको छ ।

सन् २०११ मा गठन भएको एकेडेमीको पुरस्कार यसअघि  पहिलो चोटि युग पाठक (उर्गेनको घोडा) र दोस्रो चोटि झलक सुबेदि (बि्रटिस साम्राज्यको नेपाली मोहराः गोर्खा भर्तीको नालेबेली’) लाई प्रदान गरिएको थियो ।

तेस्रोपटकको पुरस्कार असारभित्र प्रदान गरिने एकेडेमीले जनाएको छ । पुरस्कारको राशि ५० हजार राशि छ । कोभिड १९ को बिश्वब्यापी महामारी तथा किरात एकेडेमी संरचना अनुकुलको कृति अभावको कारण लामो समयसम्म स्थगित भएको ‘किरात एकेडेमी पुरस्कार’ बितरणको लागि एक नया कार्यसमिति  पुनर्गठित गरेको थियो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्