Logo

काठमाडौं महानगरको नीति तथा कार्यक्रम पारित


काठमाडौं  महानगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । आर्थिक वर्ष २०७९/०८० का लागि महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले पेस गरेको  नीति तथा कार्यक्रम  बुधबार बसेको नगरसभाको ११औँ अधिवेशनले पारित गरेको हो ।

सभामा मेयर शाहले नीति तथा बालेनले नीति तथा कार्यक्रममा उठेका गुनासाहरूको जवाफ दिएपछि पारितका लागि पेस गरेका थिए ।

उनले सदस्यहरूले दिएका सुझावहरूलाई ऐन, नियम र कानुनअनुसार समावेश गरी संशोधन गरिने बताएका थिए । नगर सभा सदस्यहरूले विभिन्न सुझाव राखेका थिए ।

आज पारित नीति तथा कार्यक्रमका आधारमा आगामी असार १० गते उपमेयर सुनिता डंगोलले बजेट ल्याउनेछिन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्