माने जर्मनीको म्युनिख आईपुगे

काठमाडौं । सेनेगलका फरवार्ड साडियो माने मंगलबार जर्मनीको म्युनिख आईपुगेका छन् ।
जर्मन क्लब बायर्न म्युनिखसँग सम्झौता गर्न माने म्युनिख आईपुगेका हुन् ।
मानेले मंगलबार नै मेडिकल गर्ने बताईएको छ । मेडिकलपछि उनले बायर्नसँग सम्झौता गर्ने छन् ।
बायर्नले फरवार्डलाई इंग्लिस क्लब लिभरपुलबाट अनुबन्ध गर्न लागेको हो ।
लिभरपुल ४१ मिलियन युरोमा माने बेच्न सहमत भएको थियो ।
३० वर्षीय फरवार्डले जर्मन च्याम्पियनसँग ३ वर्षको सम्झौता गर्ने बताईएको छ।
माने २०१६ मा साउथह्याम्पटनबाट लिभरपुल आएका थिए ।
उनले लिभरपुलका लागि प्रिमियर लिग, एफए कप लगायत ६ उपाधि जितिसकेका छन् ।
मानेले लिभरपुलका लागि २ सय ६९ खेलमा १ सय २० गोल गरेका छन् । यस्तै ४८ असिस्ट रहेको छ ।