गायक कुमार प्रयासकाे ‘अस्ताएकी आमा’ गीत सार्वजनिक
मुन्धुमस्टार
काठमाडौँ: गायक कुमार प्रयासकाे मार्मिक गीत ‘अस्ताएकी आमा’ शीर्षकको गीत सार्वजनिक भएकाे छ । गीत गायक प्रयासले आफ्नै आमाकाे सम्झनामा गाएका हुन् ।
गायक प्रयासको आफनै युट्युव च्यानल कुमार प्रयासमार्फत आइतबार सार्वजनिक गरेका हुन् ।अल्पायुमै कोरोनाका कारण आमा गुमाएका गायक कुमारले अल्पायुमै ज्यान गुमाउने सम्पूर्ण आमा र तिनका परिवारलाई समर्पित गर्दै गीत सार्वजनिक गरेको संचारकर्मीलाई बताए ।
गीतकाे शब्द साहित्यकार सुवास सङ्गमले लेखेका हुन् भने संगीत संयाेजन विक्रम राईले गरेका छन् । त्यस्तै, गीतको एरेन्ज मिक्सिङ्ग र मास्टरिङ्ग देवेश राईले गरेका छन्।
गाउँले इन्टरटेन्टमेन्ट मिडिया ग्रुप प्रा.लि.ले पोस्ट प्रोडक्शन गरेको भिडियोको डिजाइनएडीटीङ्ग सिनेम्याटोग्राफी गंगाराम राईको रहेको छ।



