Logo

युवराज राई माउन्टेन क्लाइबिङ्ग एकेडेमीले शिव मन्दिर वरपर सरसफाई गर्‍यो


काठमाण्डौ –  पर्वतारोहण र समाजसेवामा सक्रिय रहेका युवराज राईको नाममा स्थापित युवराज राई माउन्टेन क्लाइबिङ्ग एकेडेमीले बूढानीलकण्ठ नगरपालिका वडा नं १० स्थित सिद्धेश्वर मन्दिर क्षेत्रमा सरसफाई गरेको छ ।

एकेडेमीका अध्यक्ष जगत प्रसाद निरौलाले कार्यक्रमको उद्देश्य जानकारी गराउँदै सचेतना सहित मन्दिर क्षेत्रमा सरसफाई गरेको बताए ।

कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष नवराज भट्टराई, नगर कार्यपालिका सदस्य रिता दाहाल, पूर्व वडासदस्य भुव प्रसाद रेग्मी, सिद्धेश्वर मन्दिर संरक्षण समितिका अध्यक्ष उद्धव प्रसाद भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा बोल्दै संस्थाको अध्यक्ष जगतप्रसाद निरौलाले सरसफाई गर्नुपर्ने र संस्था स्थापना गर्नुपर्ने कुरा ब्यक्त गरिएका थिए । यस संस्थाले शिक्षा, स्वस्थ्य, वातावरण आदि क्षेत्रमा शसक्त रुपमा सहयोग गर्ने छ । त्यसैको योजनानुसार  आज हामी यस मन्दिर वरपर सरसफाई गरिएको कुरा अध्यक्ष निरौलाले बताए ।

त्यस्तैगरी कार्यक्रमका प्रमुख अथिति नवराज भट्टराईले आपनो गाँउघर, टोलबस्ती आफै सरसफाई गनुपर्ने सुझाव दिए । त्यसको लागि बूढानीलकण्ठ नगरपालिका वडा नं १०  ले बिभिन्न सरसफाईका अभियान र योजना अन्तरगत डस्बिन, फोहोर राख्ने झोला लगायत सरसामाग्री उपलब्ध गराउने साथै अबको ५ बर्षको लक्ष्यमा घरको फोहर घरमा नै ब्यबस्था गर्नेगरी योजनासहित पब्लिक प्राईभेट प्रोजेक्ट अन्तर्गगत काम हुने बताए ।

संस्थाको दर्ता भएपछि अहिले हामीले शिव मन्दिर वरपर सरसफाई सांकेतिक रुपमा गरीएको हो । नेपालभरी सरसफाई हुनुपर्छ, वातावरण स्वच्छ राखिनु पर्छ । नेपालको पर्यटक क्षेत्र बिकास र स्वच्छ हुनुपर्ने कुरा समेत भट्टराईले जोड दिए ।

फोटो तथा भिडियो हेर्नुहोस

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्