Logo

मिरुनामाथि ‘दुर्व्यवहार’ भएको घटनापछि स्वस्तिमालाई सुरक्षा


अभिनेत्री स्वस्तिमा खड्कालाई सुरक्षाको व्यवस्था गरिएको छ । आज (शुक्रबार) बाट देशभर रिलिज भएको चलचित्र ‘चिसो मान्छे’को हल भिजिटमा जाँदा उनका लागि सुरक्षा गार्डको व्यवस्था गरिएको हो ।

चलचित्रको प्रमोसनका लागि सिनेमा हलमा जाँदा अभिनेत्री स्वस्तिमालाई दुईजना सुरक्षा गार्ड प्रदान गरिएको चिसो मान्छे निर्माता सर्मिला पाण्डेले जानकारी दिइन् ।

“केही समय अगाडि रिलिज भएको ‘कबड्डी ४’की नायिका मिरुना मगरमाथि दुर्व्यवहार भएको घटनापछि सचेत हुँदै स्वस्तिमालाई सुरक्षा व्यवस्था मिलाइएको हो,” सर्मिला भन्छिन्, “प्रमोसन अवधिभर स्वस्तिमा हलमा जाँदा उनलाई दुईजनाले सुरक्षा प्रदान गर्नेछन् ।”

दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र ‘चिसो मान्छे’ मा स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनाल मुख्य भूमिकामा छन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्