गणेश ईसाराको ‘एकल कमेडी शो’ भब्यताकासाथ सम्पन्न
शान्ती नाछिरिङ
काठमाडौं – बिरमाया राई ‘शोभोमा’ स्मृतिकोष निर्माणमा हास्यकलाकार गणेश ईसाराको अल नेपाल एकल कमेडी सो पुनः सुरु भएको छ । हाँस्यकलाकार गणेश इशारा राईले स्मृति कोष निर्माण सहयोगार्थ ‘गणेश इशारा राई अल नेपाल एकल कमेडी शो–२०७९’ कार्यक्रम गत शनिबार राष्ट्रिय नाचघर काठमाडौमा गरेका छन् ।
‘जो धेरै हाँस्छ, उ धेरै बाँच्छ’ भन्ने मुल नाराका साथ गरिएको कार्यक्रमलाई रोकिबा मल्टी प्रपोजले प्रायोजन गरेको थिए भने एक्सन ईन्टरटेटमेन्ट, झर्ना कला केन्द्र र जुनतारा सांस्कृतिक सेवा समाजले संयुक्त आयोजना गरेको हो । आफ्नै हजुर आमाको नाममा स्मृतिकोष निर्माण गरि आउदा दिनहरुमा त्यस्तै बिभिन्न भैपरि आउने दुखी, पिडितहरुको समस्यालाई सहायता दिन सकु भन्ने उदेश्यले स्मृतीकोषको निर्माण थालनी गरिएको इसाराले बताए ।
कार्यक्रममा विभिन्न नृत्य, प्रहसन, गीतका साथै गणेश इशारा राईबाट हास्य कार्यक्रमले दर्शकलाई भरपुर्ण मनोरञ्जन गराएको थिए । तस्तैगरी कार्यक्रममा सफल महिला उद्यमी, वरिष्ठ समाजसेवी सुमित्रा बस्नेत, सांस्कृतिक संस्थानका महाप्रवन्धक असोक प्यासी राई, सशस्त्र प्रहरी बलका पूर्व महानिरिक्षक दुर्ज कुमार राई, वरिष्ठ गीतकार समेत रहेका नेपाल प्रहरीका एसएसपी टेक बाहादुर तामाङ, वरिष्ठ संगीतकार तथा नायक दिनेश काजी बान्तवा, आदिवासी जनजाती महासंघ यु. के.का पूर्व अध्यक्ष तथा एनआरएनए युकेका विशिष्ट सल्लाहकार जंग सुनुवार, नेपाल मानव अधिकार संगठनका केन्द्रिय सदस्य तथा नेपाल मानव अधिकार संगठन ललितपुरका अध्यक्ष कृष्ण हरि अर्याल, सह सचिव सुहाङसो देवान, अपाङ्ग मैत्री नेपालका अध्यक्ष समाजसेवी काजीलाल श्रेष्ठ लगायत उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा वरिष्ठ गजलकार, गीतकार साथै समाजसेवी अमर बान्तुलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा भोजपुर जिल्लाका साहित्यकार अमर बान्तुलाई ५१ हजार रुपैयाँको सहित विशिष्ट स्रष्टा सम्मान–२०७९, पत्रकार महासंघ नेपाल ललितपुरका कार्यसमिति सदस्य तथा प्रेस सेन्टर नेपालका नारायण लिङखा देवानलाई विशिष्ट मिडिया कर्मी सम्मान र कार्यक्रम प्रस्तुती दिने कलाकारहरुलाई समेत प्रमाण पत्र प्रदान गरे ।
कलाकार ईशाराले काठमाडौको जमलमा रहेको नाचघरमा शनिबार आफ्नै हजुर आमाको नाममा बिरमाया राई ‘सोभोमा’ अक्षयकोष स्थापना गर्न कार्यक्रमको आयोजना गरेका हुन् । उक्त कार्यक्रम यसअघि कोभिड–१९ को महामारीको कारण कार्यक्रम रोकिएको थियो । समाजसेवी वीरमाया राई ‘शोभोमा’ स्मृतीकोष स्थापना अभियानमा ‘गणेश ईसारा अल नेपाल एकल कमेडी शो’ बिगतमा पनि देशको विभिन्न स्थानहरुमा कार्यक्रम सम्पन्न भइसकेको थियो ।
कार्यक्रमको फोटोहरु :




