Logo

इटालीलाई हराउँदै अर्जेन्टिनाले जित्यो फाइनलिसिमा उपाधि


एजेन्सी: कोपा अमेरिकाको च्याम्पियन टोली अर्जेन्टिनाले युरोपेली च्याम्पियन इटालीलाई पराजित गर्दै फाइनलिसिमा-२०२२ को उपाधि जितेको छ । ‘म्यान अफ द म्याच’ कप्तान लिओनेल मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले ३-० को सहज जित दर्ता गरेको हो ।

वेम्बली स्टेडियममा बुधबार राति भएको खेलमा अर्जेन्टिनालाई उपाधि दिलाउन लाउटरो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले एक-एक गोल गरे ।

खेलको २८ औं मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । उनले लिओनेल मेस्सीको कटब्याक पासमा गोल गरे । पहिलो हाफको इन्जुरी समयमा डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई २-० को अग्रता दिलाए । उनले मार्टिनेजको थ्रु बललाई पेनाल्टी क्षेत्र भित्रबाट उत्कृष्ट चिप प्रहार गर्दै गोल गरे ।

त्यसपछि खेलको दोस्रो हाफको इन्जुरी समयमा डिबालाले गोल गर्दै अर्जेन्टिनालाई ३-० को सहज जित दिलाए । मेस्सीले अगाडी बढाएको बललाई डिबालाले पेनाल्टी क्षेत्र भित्रबाट प्रहार गर्दै गोल गरेका थिए । यससँगै अर्जेन्टिना तेस्रो संस्करणको ‘फाइनलसिमा’ च्याम्पियन बनेको छ ।

युरोपेली फुटबलको सर्वोच्च निकाय (युइएफए) र दक्षिण अमेरिकी कन्मेबलबीच डिसेम्बर २०२१ मा भएको सम्झौता अनुसार खेल भएको हो ।

यो सम्झौता फुटबल विकासका लागि फरक देश, महादेश र संस्कृतिलाई एक स्थानमा ल्याउने जमर्को गर्दै २९ वर्षपछि पुनः खेल हुन लागेको हो । सन् १९९३ मा भएको खेलमा अर्जेन्टिनाले डेनमार्कलाई पराजित गरेको थियो । त्यसबेला डिएगो म्याराडोना सम्मिलित टोलीले डेनमार्कलाई पेनाल्टीमा पराजित गरेको थियो । त्यसअघि सन् १९८५ मा भने फ्रान्सले उरुग्वेलाई पराजित गरेको थियो ।

इटालीले सन् २०२१ जुनमा घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै युरो कपको उपाधि जितेको थियो । इटालीले टाइब्रेकरमा ३–२ को जित हासिल गरेको थियो । लगत्तै जुलाई २०२१ मा अर्जेन्टिनाले साविक विजेता ब्राजिललाई हराएको थियो । अर्जेन्टिनाले १–० ले फाइनल जित्दा कप्तान लिओनेल मेस्सीले पहिलो अधिकारिक अन्तर्राष्ट्रिय उपाधि जितेका थिए ।

गतवर्ष युरो कप जित्ने क्रममा इटालीले ३७ खेलसम्म अपराजित यात्राको नयाँ रेकर्ड बनाएको थियो। अन्तर्राष्ट्रिय फुटबलमा आज पनि त्यो दुर्लभ रेकर्ड नै छ । सन् २०१८ मा जस्तै यस पटक पनि इटाली भने विश्वकपमा छनोट हुन् सकेन्। यता, अर्जेन्टिना भने आजको जितसंगै ३२ खेलमा अपराजित रहेन सफल भएको छ ।

 

फोटो : एजेन्सी । गोल 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्