Logo

किपट प्रथा र ‘राई !’ जातिबारे गन्थन–मन्थन


-निनाम लोवात्ती

विषय प्रवेश
धेरै मान्छेहरुलाई लाग्छ होला, ‘–यो कुलुङे !’लाई मात्रै विगतमा ‘राई !’ शब्दले जात वा जाति नजनाएर पद, पदवी अथवा पगरी नै मात्रै जनाउने भए तापनि अब ‘राई’ शब्दलाई जात वा जाति मान्नु पर्छ ! भन्दा/मान्दा के फरक पर्छ ? अनि ‘राई !’ जातिको नाममा खुलेको राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६ र जिल्ला प्रशासन कार्यलय काठमाण्डौ रजिस्टर्ड नम्बर–३२८/०४९/०५०) का अगुवाहरुप्रति किन खेदो खन्नु परेको हो ? अथवा ‘राई !’ जातिहरुप्रति किन यति धेरै रिस–राग गर्नु परेको हो ? खास गरी ‘राई !’ जातिवालाहरुको संस्था ‘राई यायोक्खा’का अगुवाहरुका विरुद्घ किन लामो समयदेखि लेखी रहेको छ, यसको गूढ रहस्य के हो ?’ भनी कोही–न–कोही महानुवाभहरुले मनमनै प्रश्न गर्नु हुँदो हो, कोही–न–कोही महानुवाभहरु त यसरी ‘राई यायोक्खा’का अगुवाहरुका विरुद्घ एकोहोरो ढंगले लागेको देख्दा छक्क पनि पर्नु हुँदो हो ?!

किन मैले “राई !” जाति होइन भनेर लेखी रहेको छु ?
खासमा भन्ने हो भने, विगतमा नेपालमा “राई !” भन्ने कुनै जात वा जाति थिएन । जब विसं २०२१ सालमा आएको भूमिसुधार ऐन गाउँगाउँ, टोलटोलमा लागू भयो, तब मात्रै आम जनताले पनि आफ्नो नामको पछाडि “राई !” भन्न/लेख्न थालेका हुन्पा/एका हुन् । “राई !” मात्रै होइन, “सुब्बा”, “मुखिया”, “दिवान/देवान”, “चौधराई/चौधरी !” आदि पनि “राई !” जस्तै पद, पदवी वा पगरी नै हो/थियो । त्यसैले मैले कसैको व्यक्तिगत विरोध गरेको होइन । किनभने, केही अघिसम्म “राई !” जाति नै हो भन्ने गरेका “राई !” पक्षका महानुभावहरुले –‘जसले ‘राई जात होइन भन्दै छ, उसको नागरिकता र तीन पुस्तेमा मात्रै होइन, जग्गाधनी प्रमाणपूर्जा, विदेश जाँदा चाहिने पासपोर्ट, स्कूल, कलेज, क्याम्पस, विश्व विद्यालय पढेको सर्टिफिकेट, ड्राईभिङ लाइसेन्स, पेन्सन पट्टा, विद्यार्थी परिचयपत्र, वृद्ध भत्ता परिचयपत्र, निजामती कर्मचारी परिचयपत्र आदिमा समेत “राई !” छ ।’ भन्दै हिँड्ने गर्नु हुन्थ्यो । खासमा कुनै पनि जात वा जातिको जातीय चिनारी वा जातीय स्वपहिचान भनेको उसको नागरिकता, जग्गाधनीको प्रमाणपूर्जा, विदेश जाँदा चाहिने पासपोर्ट, स्कूल, कलेज, क्याम्पस, विश्व विद्यालय पढेको सर्टिफिकेट, ड्राईभिङ लाइसेन्स, पेन्सन पट्टा, विद्यार्थी परिचयपत्र, वृद्ध भत्ता परिचयपत्र, निजामती कर्मचारी परिचयपत्र आदि नभएर उसको ऐतिहासिक भूमि, वंश–वृक्ष, इतिहास, धर्म, मातृभाषा, भेषभुषा, चाडपर्व, रहनसहन, परम्परागत कानुुन, अरुको भन्दा फरक जीवन–शैली, हामी भन्ने भावना, छुवाछूत मुक्त समाज आदि हो । नागरिकता र पासपोर्ट त ऊ (सम्बन्धित नागरिक कुन देशको हो ? भन्ने आधार मात्रै) हो ।

हुनत आजभोलि “राई !” पक्षका महानुभावरुले –‘जसले ‘राई जात होइन भन्दै छ, उसको नागरिकता र तीन पुस्तेमा मात्रै होइन, जग्गाधनी प्रमाणपूर्जा, विदेश जाँदा चाहिने पासपोर्ट, स्कूल, कलेज, क्याम्पस, विश्व विद्यालय पढेको सर्टिफिकेट, ड्राईभिङ लाइसेन्स, पेन्सन पट्टा, विद्यार्थी परिचयपत्र, वृद्ध भत्ता परिचयपत्र, निजामती कर्मचारी परिचयपत्र आदिमा समेत “राई !” छ भन्न छाड्नु भएको छ । विश्वको कुनै पनि जाति वा समुदायको जातीय स्वपहिचानको आधार उसको जग्गाधनीको प्रमाणपूर्जा, विदेश जाँदा चाहिने पासपोर्ट, स्कूल, कलेज, क्याम्पस, विश्व विद्यालय पढेको सर्टिफिकेट, ड्राईभिङ लाइसेन्स, पेन्सन पट्टा, विद्यार्थी परिचयपत्र, वृद्ध भत्ता परिचयपत्र, निजामती कर्मचारी परिचयपत्र, नागरिकता आदिले दिने होइन, सम्बन्धित जाति वा समुदायको उत्पत्ति थलो अर्थात् ऐतिहासिक भूमि, इतिहास, वंश–वृक्ष, पिता–पूर्खाले खाई–खेली आएको भूमि, मातृभाषा, भेषभुषा, धर्म, चाडपर्व, हामी भन्ने भावना, परम्परागत कानुन, संस्कार, संस्कृति, चालचलन, चाडपर्व, गरगहना आदि हो ।

“राई !”बारे प्रस्ट भएर जानु होस्
त्यसैले अब, “राई !” पक्षका महानुभावरुले “राई !” के हो ? यसबारे प्रस्ट भएर जानु होस् । मेरो मतलब ‘राई !’ जात वा जाति नभएर पद, ‘पदवी’ वा ‘पगरी’ नै भए तापनि हामी अब यही “राई !” शब्दले चिनियौं, त्यसैले अब हामी यही ‘राई !’ शब्दलाई नै जाति मानेर जान्छौं भनी पत्रकार सम्मेलन गरेर सार्वजनिक रुपमै घोषणा गर्नुहोस् । किनभने, जतिसुकै अकबरी सुनले कसी लगाए पनि “राई !” ‘जाति’ वा ‘समुदाय’ होइन । किनभने, ‘जाति’ वा ‘समुदाय’ हुनलाई उत्पत्ति थलो अर्थात् ऐतिहासिक भूमि, इतिहास, वंश, पिता–पूर्खाले खाई–खेली आएको भूमि, मातृभाषा, भेषभुषा, धर्म, हामी भन्ने भावना, परम्परागत कानून, संस्कार, संस्कृति, रीतिथिति, चालचलन, चाडपर्व, गरगहना आदि हुनु अनिवार्य छ । तर, ‘जात’ वा ‘समूह’ हुनलाई त्यस्तो केही मापदण्ड चाहिँदैन ।

त्यसैले “राई !” जातिको नाममा खुलेको ‘राई यायोक्खा’ नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६ र काठमाण्डौ जिल्ला प्रशासन कार्यलय रजिस्टर्ड/काजिप्रका दर्ता नम्बर–३२८/०४९/०५०) का अगुवाहरुले सार्वजनिक रुपमा पत्रकार सम्मेलन गरी हाल्नोस् ! साथै “राई !” जाति हुन नचाहने नाछिरिङ, कुलुङ, बाहिङ, मेवाहाङ, बान्तावा आदि किरातीहरुलाई अबदेखि जबरजस्ती “राई !”लाई नै जाति मान ! भनेर लिँडेढिपी गर्दैनौं भनी सार्वजनिक रुपमा प्रतिवद्घता पनि जनाई हाल्नुहोस् ! अथवा “राई !” ‘जाति’ वा ‘समुदाय’ नै हो भने, ‘राई !’को वंश को हो ?, ‘राई !’को पुर्खाहरुको नाम केके हो ? आम मानिसहरुले ‘राई !’ भनेर चिन्नुअघि ‘राई !’को कति पुस्ताले … बिताए ? ‘राई !’हरुको पिता–पूर्खाले सुरुमा चर्चेको/खाईखेली आएको ऐतिहासिक भूमि कहाँ छ/हो ?, अझै पनि प्रस्ट्याएर जानु होस् । जबकि, हालसम्म “राई !” को आफ्नो छुट्टै मातृभाषा नभएकैले गर्दा आफ्नो एनजिओको नाम बान्तावा भाषामा यायोक्खा राखेको हो अरे भन्ने सुनिन्छ, वास्तविकता के हो ? यस सम्बन्धमा “राई !” जातिवाला कामरेडहरुले चाँडै नै प्रस्ट्याउनु होला भन्ने आशा गरौं ।
साँच्चै एक जाति “राई !”, २८ भाषी “राई !” हो ?

“राई !” पक्षका महानुभावरुले कताकती ‘एक जाति राई, २८ भाषी राई !’ विशिष्टता बोकेको राई ! भन्ने गरेको पनि सुनिन्छ । यदि साँच्चै ‘एक जाति राई, २८ भाषी राई !’ र, विशिष्टता बोकेको राई ! जाति नै हो भने, म एक जाति राई हँु, तर मेरो मातृभाषा चाहिँ २८ वटा छ÷हो भनेर २८ वटा मातृभाषामा खररर …, ररर…, ररर … बोल्न सक्छु ! भनेर २८ वटा राईको मातृभाषामा खररर …, ररर…, ररर … बोल्न सक्ने कुनै माईकालाल “राई !” उपस्थित गराउनु पर्यो, होइन भने…।

“राई !”को ऐतिहासिक भूमि कहाँ हो ?
जसरी कुलुङ जातिको पिता–पूर्खाले सुरुमा खाई–खेली आएको÷चर्चेको भूमि हालको एक नम्बर प्रदेशको सोलुखुम्बु जिल्लाको उत्तर–पूर्वी क्षेत्र हो/छ, जसलाई “महाकुलुङ” भनेर चिनिन्छ । त्यस्तै बाहिङको पनि होला, मेवाहाङको पनि होला, बान्तावाको पनि होला, … अरुहरुको पनि होला । तर, ‘राई !’ को नि ? “राई !” को पनि पिता–पूर्खाले सुरुमा खाई–खेली आएको/चर्चेको भूमि छ भने, थाहा हुनेहरुले बताउनु पर्यो, लेख्नु पर्यो । “राई !” को ऐतिहासिक भूमि यहाँ हो÷यो हो भनेर । त्यस्तै कुलुङ जातिलाई अरु समुदाय वा जातजातिले कुलुङ भनेर चिन्नुअघि कुलुङ जातिको पूर्खाहरु २३/२४ जना रहेका छन् । त्यसपछि पनि मुख्य चार वंश वा भनौं पूर्खाहरु रहेका छन् । ती हुन् ‘–छेम्सी, ताम्सी, खप्दूलू र राताप्खू ।’ अनि मात्रै कुलुङहरु कुलुङ जातिका रुपमा स्थापित भएको हो । यसरी कुलुङ जातिका रुपमा स्थापित भएर पनि हाल कुलुङ जातिभित्रै ३८० वटाभन्दा बढी पाछा/उपपाछा (थर/उपथर) हरु रहेको छ । त्यही भएर नै कुलुङ–कुलुङबीच विवाह गर्ने प्रचलन रहेको छ । “राई !”वादी कमरेडहरुले भने जस्तै “राई !” जात र नाछिरिङ, कुलुङ, बाहिङ, मेवाहाङ, बान्तावा आदिचाहिँ थर हो भने, कसरी एकै थरभित्र अर्थात् कुलुङ–कुलुङबीच, बाहिङ–बाहिङबीच, मेवाहाङ–मेवाहाङबीच, बान्तावा–बान्तावाबीच विवाह हुन्छ ? कि “राई !” भन्नेहरु पशु समान हुन् ? अथवा “राई !” भन्नेहरु पनि मुसलमानहरु जस्तै दूधको नाता मात्रै बार्ने, रगतको नाता नबार्ने (एकै आमाको सन्तानबाहेक बाबु एकै आमा फरक भए पनि विवाह गर्ने) प्रचलन भएको जात/समूह हो ? यो बारेमा पनि “राई !” राई पक्षका महानुभावरुले प्रस्ट्याउनुपर्ने अत्यन्तै जरुरी देखिन्छ ।

कहिलेसम्म ‘सुगा रटाई’ गरी रहने ?
त्यसैले आजको जस्तो सूचना, सञ्चार र प्रविधिले फड्को मारेर क्रान्ति नै गरेको समयमा पनि “राई !” पक्षका महानुभावरुले एकोहोरो रुपमा ‘सुगा रटाई’ मात्रै गर्दै “राई !”चाहिँ जात र कुलुङ, मेवाहाङ, बान्तावा आदिचाहिँ थर हो भन्दै कहिलेसम्म नचाहिँदो र आधारहीन बकवास वा भनौं प्रलाप गरी रहने ? आजको जस्तो सूचना, सञ्चार र प्रविधिले फड्को मारेको समयमा पनि उनीहरु (“राई !” जात वा जातिवालाहरु) एकोहोरो रुपमा सुगा रटाई मात्रै गर्दै लिँडेढिपी गरी रहेमा भविश्वमा नराम्रोसँग कलंंकित हुने छन् । त्यसपछि हाम्रा भावी पुस्ता (नाति, पनाति, खनाति, जनाति…) हरुले “राई !” पक्षका महानुभावहरुलाई नराम्रोसँग धिक्कार्ने छन् ।
२०७८ को जनगणनामा “राई !”को जनसंख्या कति घट्ला ?

हो, “राई !” को जनसंख्या धेरै नै घट्ने देखिन्छ । तर, अहिले नै ठ्याक्कै यत्ति नै घट्छ भन्न सकिने अवस्था भने छैन । संभवतः चेतनापछि फर्किएन भने, १२ औं राष्ट्रिय जनगणनामा “राई !” राईको जनसंख्या विसं २०६८ को जनगणनामा भन्दा आधाभन्दा पनि बढी घट्ने सक्ने देखिन्छ । हुन पनि विसं २०५८ को जनगणनामा ६ लाख ३५ हजार चानचुन रहेको “राई !” को जनसंख्या विसं २०६८ को जनगणनामा घटेर ६ लाख २० हजार चानचुनमा झरेको छ । जबकि १० वर्षमा १.२ वा १.३ प्रतिशतले मात्रै “राई !”को जनसंख्या बढेको भए तपनि ७ लाख चानचुन हुनुपर्ने थियो । तर, यस्तो गम्भीर पक्षमा भने “राई !” पक्षका महानुभावहरु ‘चुँ…’नगरीकन बसेका छन् । बिरालाले आप्mनो बिष्टा लुकाएझैंँ लुकाएर चाईँचुईँ नगरी बसेका छन् ।

‘राई !’ जाति हो भने असली ‘राई !’हरुले किन कारबाही गर्थे ?
स्मरणीय कुरो के छ भने, “राई !” भनेको नेपालको कुनै जात वा जाति नभएर नेपालको भगौलिक एकीकरणपछि शाह राजा एवम् श्री ३ महाराज (राणा) हरुले त्यस बेलासम्म एकै रहेको किरातीहरुको भूमिलाई समेत फुटाएर स्थानीयस्तरमा तिरो–भरो उठाउन र पञ्चखत बाहेकको मुद्धा मामिला मिलाउने अधिकार र ठेकीबेठीसहित दिइएको पद, पदवी वा पगरी मात्रै हो । “राई !” शब्दको सुरु वा व्युत्पत्ति भनेको ‘राय’÷‘राया’ हो । कर्णाली प्रदेशमा त्यो वेला राजालाई ‘राय’÷‘राया’ भनिन्थ्यो । हुनत नेपालको भगौलिक एकीकरणपछि “राई !” मात्रै नभएर, सुब्बा, मुखिया, देवान, पटवारी, गोवा, चौधराई, थरी, कारबारी, बैदार आदि पदहरु पनि श्रृजना गरिएको थियो । तर, ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधराई’ शब्दलाई जात वा जाति बनाउनेहरुमध्ये ‘राई’बाहेक ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधराई’ आदिले ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधराई’ जात वा वा जाति मान्न छाडेर आप्mनो असली राई जातीय स्वपहिचान लिम्बु, सुनुवार, याक्खा, थारु आदिले चिनिन थालेका छन् ।

अझै पनि कसैले “राई !” शब्दले विगतमा जेसुकै जनाएको भए तापनि अहिले आएर जाति भन्ने चिनायो÷स्थापित गरायो, त्यसैले अब हामी “राई !” शब्दलाई नै जात वा जाति मान्छौं भन्छन् भने त्यसमा हाम्रो (कुलुङहरुको) आपत्ति छैन । तर, उनीरुले पनि हामी (‘कुलुङ’) लाई हाम्रो स्वपहिचान ‘कुलुङ’ले चिनिन दिनु पर्यो, ‘कुलुङ’ लेख्न÷लेखाउन दिनु पर्यो भन्ने हो । त्यसैले राईवादी कामरेडहरुले ‘अबदेखि कुलुङलगायत अन्य किरातीहरुलाई सामन्तवादको प्रतीक वा अवशेष ‘राई !’ शब्दलाई नै जात वा जाति मान भनेर दवाव दिँदैनौं !’ भनेदेखि ‘सुनमा सुगन्ध’ हुन्थ्यो कि ?

विसं २०६८ को ११ औं जनगणनामा के भएको थियो ?
हो, विसं २०६८ को ११ औ. राष्ट्रिय जनगणनामा कुलुङलगायत अन्य १२ वटा किराती जातिहरुको अलग्गै र स्पष्ट तथ्यांङ्क आएको छ । तर, त्यसका लागि पनि ‘आदिवासी किरात महासंघ’लगायत किरातजन्य अन्य जातीय संघ–संस्थाका अगुवाहरुले धेरै नै पापड बेल्नु परेको थियो । किनभने, सो तथ्यांक आउन नदिन “राई !” यायोक्खाका तत्कालीन अगुवाहरुले के–के हर्कत मात्रै गरेरन् ? केन्द्रीय तथ्यांक विभागका तत्कालीन महानिर्देशक, जनसंख्या शाखा हेर्ने निर्देशक र अन्य शाखाका निर्देशकहरुलाई अभैm पनि सोध्दा थाहा भैहाल्छ । उता विसं २०६८ को जनगणनाको तथ्यांकमा सूचीकृत ५९ जाति मात्रै तथ्यांक आउनुपर्ने ! आशयको समाचार लेखी रहने÷छापी रहने कान्तिुपर दैनिकका पत्रकार तथा राई यायोक्खाका तत्कालीन केन्द्रीय सचिव गणेश राई ज्युलाई पनि धेरै कुरो थाहा छ, सो म्बन्धमा । गणेश राई ज्युको पत्रकारिता कस्तो थियो/छ ? विसं २०६८ को जनगणनाको तथ्यांक आउनुअघि र आई सकेपछि “राई !” का सम्वन्धमा लेखेको समाचरहरु पढ्न त्यो वेलाको कान्तिपुर दैनिकहरु खोजेर पढ्दा थाहा भई हाल्छ । यो पंक्तिकारले केन्द्रीय तथ्यांक विभागका तत्कालीन महानिर्देशक उत्तमनाराण मल्ल सरसँग जनगणनाको तथ्यांक सम्बन्धी समाचारका सम्बन्धमा यस्तो के भएको/आएको भनी कान्तिपुर दैनिक बोकेरै प्रश्न गर्न जाँदा ‘के गर्नु …, कान्तिपुर दैनिकको पाठक धेरै छ, धेरै बिक्छ ! भनेर कान्तिपुर दैनिकबाट पत्रकार मगायौं÷राख्यौं, आप्mनै संस्थाको समाचार आपैmले कसरी खण्डन गर्नु ? …’ भन्नु भएको थियो ।

“राई !” जाति भए लिम्बुहरु “राई !”बाट फेरि किन लिम्बु भए ?
“राई !” जाति होइन भन्ने त संखुवासभा जिल्लाको पाथीभरा (बाह्रबिसे गाउँ) का वनेम थरका लिम्बुहरुको उदाहरणले पनि बताउँछ । जहाँका लिम्बुहरुले विसं १८३१ मा “राई !” पद पाएका थिए । सोही आधारमा भूमिसुधार ऐन लागू भई सकेपछि त्यहाँका वनेम थरका लिम्बुहरुले पनि नामको पछाडि “राई !” लेख्दै आएका थिए । तर, उनीहरु असलीयतमा वनेम थरको लिम्बु भएको थाहा पाएपछि विसं २०६६ मा “राई !” पदलाई त्यागेर पुनः लिम्बुमै फर्केका थिए । सो समाचार नेपालका विभिन्न पत्रपत्रिका, एफएम रेडियो, टिभी आदिमा पनि आएको थियो । त्यस्तै दुई–दुई पटक केन्द्रीय (श्रममन्त्री र सहरी विकासमन्त्री) मन्त्री भएका मोहम्मद इस्तियाक “राई !” छन् । उनी नाम सुन्दै मुसलमान होइन् र ? यदि “राई !” जात वा जाति हो भने ती मुसलमान कसरी “राई !” भए ? त्यस्तै भारतीय सिने उद्योगकी कलाकार ऐश्वर्य “राई !” पनि “राई !” छिन् । उनीहरुलाई “राई !” पक्षका महानुभावरुले सम्मान गरी सक्नु भयो ? नगरेको भए अहिलेसम्म किन नगरेको ?

‘यायोक्खा’ “राई !”को भाषा हो कि, बान्तावाको ?
हो, यस सम्बन्त्रमा माथि एक प्रसंगमा लेसिकिएको छ । “राई !”को आफ्नो  छुट्टै मातृभाषा नभएकैले गर्दा आप्mनो एनजिओको नाम ‘बान्तावा जातिको भाषामा ‘यायोक्खा’ राखेका छन् । त्यस्तै “राई !” को एनजिओको नाम त्यसरी बान्तावा भाषामा ‘यायोक्खा’ राखिएको छ भने, ‘चण्डी’ नाचको नामचाहिँ चाम्लिङ जातिको भाषामा ‘साकेला’ राखिएको छ ! त्यसैले अब “राई !” पक्षका महानुभावहरुले बान्तावा भाषाको ‘यायोक्खा’ नाम जुन छ, त्यसको सट्टामा आप्mनै (‘राई !’कै मौलिक भाषामा) भाषाको नाम खोज्दै गर्दा हुन्छ । किनभने, भोलि बान्तावाहरुले हाम्रो (बान्तावा) भाषामा तिमीहरुको संस्थाको नाम राख्न दिन्नौं ! भनेमा के हुन्छ ? त्यस्तै संस्थाको नाम ‘यायोक्खा’ राखेपछि ‘चण्डी’ नाच भनिने नाचको नाम ‘साकेला’ नाम जुन राखिएको छ, त्यो नाम पनि चाम्लिङहरुले राख्न नदिएमा के हुन्छ, वेला छँदै सोचौं है…?

विगतमा “राई !” भएका सबैलाई भाषिक सम्बद्घता दिने हो ?
अर्को गहन र महत्वपूर्ण प्रश्न भनेको विगतमा “राई !” भएर तिरोभरो उठाएका वा “राई !” पद, पगरी वा पदवी पाएका बस्नेत राई, कार्की राई, पाण्डे राई, कोइराला राई, माझी राई, मगर राई, कुमाल राई, रोकाया राई आदि राईहरुले पनि अगाडि ‘किरात बस्नेत क्षेत्री राई संघ’, ‘किरात कोइराला बाहुन राई संघ’ ‘किरात मगर राई संघ’, ‘किरात कार्की क्षेत्री राई संघ’, ‘किरात माझी राई संघ’, ‘किरात रोकाया राई संघ’, ‘किरात पाण्डे राई संघ’ आदि संघ वा संस्था खोलेर राई यायोक्खाको सम्वद्धता/सदस्यता माग्न आएमा उक्त राई योयोक्खा नामक नामक एनजिओ अगुवाहरुले उनीहरु सबैलाई “राई !” जातिको सम्वद्धता/सदस्यता दिने हो ? जसरी ‘दनुवार’ जातिलाई फुटाएर ‘देवास राई’ भनेर ‘राई !’ जातिको सम्वद्धता दिएको छ । स्मरण रहोस्, काठमाण्डौमा कार्यरत दुई जना (राजन डोने र ज्योती दनुवार) दनुवारका अनुसार ‘देवास’ भनेको दनुवारहरुको कूल देवताको नाम हो, जो उनीहरुको गुरु (धामी) आजापूजा आदि गर्दा पुकार्छने, बखान्ने गर्छन् ।

मोहमद ईस्तियाक “राई !” र ऐश्वर्य “राई !” लाई खै सम्मान ?
माथि नै प्रश्न गरिसकिएको छ, ‘यदि “राई !” साँच्चै जाति नै हो भने, नेपालमा तीनपटक सभासद÷सांसद र दुईपटक केन्द्रीय÷संघीय सरकारका मन्त्री भएका मोहमद इस्तियाक “राई !” र भारतीय सिने उद्योगकी चल्ता–पूर्जा कलाकार (हिरोइन) ऐश्वर्य “राई !”लाई “राई !” जातिका अगुवाहरुले अहिलेसम्म किन सम्मानका साथ ‘फेटा नगुथाएको ?’ यो प्रश्न सुन्दा हँसी–मजाक र ख्याल–ठट्टा जस्तो लागे तापनि प्रश्न त गम्भीर पो छ है !?
‘किपट प्रथा’ हटाउँदा किन “राई !”हरु नै खुशी भए ? ‘सबै जातको फूलबारी’ नामक किताबमा डोरबहादुर विष्टले लेखेअनुसार ‘…तिरो उठाउँदा जग्गाको नापअनुसर नउठाएर घरधुरीको आधारमा उठाइन्थ्यो । जसले गर्दा थोरै जग्गा हुने “राई !” हरुलाई मर्का पथ्र्यो । त्यसैले ‘किपट प्रथा’ र “राई !” पगरी वा पदवी खारेज हँुदा धेरै जसो “राई !” हरु नै खुशी …. ।’ भनी पाना नम्बर–५ मा लेखेका छन्, त्यो भनेको के हो ?

त्यस्तै सन् २००७ को आदिवासी दिवसमा मैले (यो पंक्तिकारले) ‘वास्तवमा “राई !” जात वा जाति होइन, तर, यही “राई !”लाई जाति मान्दा २२ भन्दा बढी किरातीहरुको जातीय स्वपहिचान र अस्तित्व मेटिन आँटेको छ !’ भन्दा भोजपुर जिल्लाको बोया गाउँका डा. शिवकुमार राईले यो पंक्तिकारलाई “–भाइ, तपाईले साह्रै रामो प्रश्न उठाउनु भो, किनभने मेरो बाबु पनि ठूलो “राई !” हो/थियो । भूमिसुधार ऐन आएपछि जग्गा–जमीन रैतीको नाममा सार्नु÷गर्नुपर्ने भयो । उनीहरु (रैती/ढाक्रे) ले पनि आफ्नोनामको पछाडि “राई !” लेख्न चाहे । तर, मेरो असली “राई !” बाबुले म पो “राई !”, यी मेरा रैती÷ढाक्रेहरु कसरी “राई !” ? भनेर बबाल नै गरेका थिए !” भनी बताएका थिए । स्मरण रहोस्, “राई !” जात वा जाति हो कि ? पदवी वा पगरी मात्रै हो भन्ने बारेमा त्यो वेलाको ठूलो “राई !” अर्थात् ५२ पगरी पाएका “राई !” का जेठो छोरोहरु धरान, काठमाण्डौलगायत अन्यत्रका सहर–बजारमा अझै पनि प्रशस्तै भेटिन्छन् । जस्तै भोजपुर जिल्लाको दिल्पा–अन्नपूर्ण, नागी क्षेत्रका मुकारुङ खलक, संखुवासभा जिल्लाको पाङमा र धुपुका लोहोरुङ खलक, संखुवासभा जिल्लाकै मेवाहाङ खलकका ५२ पगरी पाएका “राई !”का जेठो छोरोहरुलाई समय छँदै भेटेर सोध्दा भई हाल्छ, वास्तवमा “राई !” जात वा जाति हो कि, पद, पदवी वा पगरी मात्रै हो, भनेर ।

(लेखकको निजी बिचार हो । लेखक बारे थप केही जानकारी चाहिएमाः ९८४९९८५९९७, ९८६२४३६०४९, E-mail : ninamkirat123@gmail.com)

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्