सिटीलाई प्रिमियर लिगको उपाधि

इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ ।
आइतबार राति सिजनको आफ्नो अन्तिम खेलमा एस्टन भिल्लासँग ३-२ गोल अन्तरले हराउँदै सिटी च्याम्पियन बनेको हो ।
घरेलु मैदानमा दुई गोलको अग्रता उल्टाएर सिटीले जित निकालेको हो ।
खेलको ३७ औं मिनेटमा म्याटि क्यासले गोल गर्दै एस्टनलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ६९ औं मिनेटमा फिलिपे कौटिन्होले गोल गर्दा एस्टन २-० ले अघि रह्यो ।
तर, इल्के गुन्डोगान चम्किएपछि सिटीले उत्कृष्ट पुनरागमन गर्यो ।
खेलको ७६ औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई २-१ को स्थितिमा ल्याए ।
७८ औं मिनेटमा रोड्रीले गोल गर्दा सिटीले खेल २-२ को बराबरीमा ल्यायो ।
त्यसपछि खेलको ८१ औं मिनेटमा गुन्डोगानले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३-२ को जित दिलाए ।
जितसँगै सिटीले ३८ खेलमा ९३ अंक जोड्यो ।
सिटीले दोस्रो स्थानको लिभरपुललाई १ अंकले पछि पार्दै उपाधि जितेको हो ।
लिभरपुलले ९२ अंक जोड्यो ।
एस्टन ४५ अंक जोडेर १४ औं स्थानमा रह्यो ।