Logo

काठमाण्डौ नेवार आदिवासी र धरानका राई-लिम्बू आदिवासी सधैं स्वीङ भोटर


 

काठमाण्डौ महानगरपालिका र धरान उप-महानगरपालिकामा काँग्रेस र एमालेमा खसेको मत उनीहरूको कोर भोटर्सका हुन् । हिजो जति थिए, आज पनि उति नै छन् । काँग्रेस र एमालेले ल्याउनुपर्ने त्यति न‌ै मत हो । उनीहरूको भोटमा कुनै क्षति छैन । यो निश्चित विचारधारामा बाँधिएको ठोस भोट हुन् ।

मेयरमा स्वतन्त्रलाई उछिन्न नसकेपनि तल वडामा उनीहरू कै पकड छ ।

स्वीङ भोटर (swing voter)

यो स्वीङ भोटरको न कुनै सिद्धान्त हुन्छ न कुनै पार्टी , न कुनै विचारधारा । यो स्वीङ भोटरहरू अरूकै लागि प्रयोग हुने जमात हुन् । यिनीहरूको दीर्घकालिन सोच हुँदैन । दैनिक रोटीमा मात्र ध्यन केन्द्रीत हुन्छ । यो स्वीङ भोटरहरू लोभ, प्रभाव र प्रलोभनमा पर्दछ ।

जनमुक्ति र जसपास् स्वीङ भोटर

जनमुक्ति पार्टी र जसपाका नेता ९पहाडी मुलका० तथा कार्यकर्ताहरूको हैसियत स्वीङ भोटर भन्दा माथि भएन । यी पार्टीका नेता तथा कार्यकर्ता विचार र आस्थाले खारिएका छैनन् । यिनीहरूमा बैचारिक स्पष्टता छैन । नेता तथा कार्यकर्ता भएर पनि प्रलोभन र प्रभावमा पर्छन् ।

धरानको हकमा पनि स्वीङ भोटरलाई प्रभाव पार्ने खुवी जनमुक्ति र जसपामा देखिएन । अरू त त्यस्तै हो, जिम्मेवार तहमा रहनेले पनि एक कार्टून वियर र एक कन्ती सिकुटीको प्रलोभनमा आफ्नै दलको चुनाव चिन्हमा भोट हाल्नर हाल्न लगाउन सकेनन् । यो सबै गौरराजनीतिक संस्कारको कारणले हो ।

धरान तथा काठमाडुका स्वीङ भोटरहरू वडामा ठुलै दलसंग बिके तर मेयरको भोटमा पैसामा बिकेन । तर ढल र पानीधाराको अश्वासनमा बिके । सिंगो भैंसी नै प्राप्त गर्ने कुरामा होइन, मोहीमा बिके ।

स्वीङ भोटरहरूसंग ठुलो सपना हुन्न। उनीहरूले रोटीमात्र बुझ्छ, प्रतिष्ठा बुझ्दैन । स्वीङ भोटरमा ूभोटिङ अधिकारू थाहा हुन्छ तर ूभोटिङ सेन्सू हुन्न । उनीहरूको मुद्दा अल्पकालिन हुन्छ, दीर्घकालिन हुन्न ।

नेपालमा जसलाई अधिकार र पहिचान चाहिने समाज छ, दुर्भाग्य त्यो समाज चाहिँ स्वीङ भोटरको हैसियतमा छन् । जस्तोस् दलित, जनजाति र मुस्लिम समाजमा अस्थाको भोटर छ‌‌ैनन, उनीहरू स्वीङ भोटरभन्दा माथि उक्लन सकेनन् ।

स्वीङ भोटरहरू विश्वसनीय हुन्नन् । आज एउटालाई र भोली अर्कोलाई भोट हाल्छन् । यिनीहरूको आफ्नो जरा हुदैनन् । लहड र प्रभाव(प्रलोभनको पछि दौडन्छन् ।

स्वीङ भोटर कहिले राष्ट्र हुन्न्नन् । सधै प्रजा र रैति हुन्छन् ।

काठमाडुका नेवार आदिवासी र धरानका राई-लिम्बू आदिवासी सधैं स्वीङ भोटरको रूपमा रहेका छन् । यो एक राष्ट्रिय लज्जा हो ।

 

-फेसबुकको वालबाट

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्