Logo

धनकुटामा रवीन्द्रको कृति लोकार्पण


रवीन्द्रभक्त श्रेष्ठको कविताकृति ‘शाश्वत’ एक समारोहबीच सार्वजनिक गरिएको छ ।

बिहीबार पत्रकार महासंघको सभा हलमा सम्पन्न कार्यक्रममा कवि विश्वविमोहन श्रेष्ठलगायतका स्रष्टाले कृति सार्वजनिक गरेका हुन् । सार्वजनिक उक्त कृतिमाथि साहित्यकार श्रीओम श्रेष्ठले टिप्पणी गरे ।

सल्लेरी साहित्य संगमद्वारा आयोजित कार्यक्रममा रमेशचन्द्र अधिकारी, रेणु श्रेष्ठ, रवीन्द्रभक्त श्रेष्ठ, गीता अधिकारीलगायतले बोलेका थिए ।

अमेरिका बस्दै आएका कृतिकार श्रेष्ठ अमेरिकादेखि लाइभ जोडिएका थिए । कार्यक्रममा किशोर पहाडी, राजेन्द्र शलभ, विमल वैद्य, विवश पोखरेल, गोकुल अधिकारी, मणि लोहनी, जयदेव भट्टराईसहित स्थानीय लेखक कविको उपस्थिति थियो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्