Logo

संसारकै अग्ली महिला, जसको नाममा छन् ३ विश्व रेकर्ड


संसारमा जति पनि मानिसहरू छन् सबै फरक-फरक छन् । सबै मानिसको शरीरको बनावटसँगै अन्य कुराहरू पनि फरक हुन्छन् ।

कोही मानिस मोटो त कोही दुब्लो हुन्छन् । कोही अग्लो त कोही होचो हुन्छन् । कसैको दिमाग तेज हुन्छ त कोही अन्य कुरामा चतुर हुन्छन् । रुमेसा गेल्गी नामकी महिला संसारकै सबैभन्दा अग्ली महिला हुन् ।

गेल्गीले संसारकै अग्ली महिलाको रुपमा विश्व कीर्तिमान त कायम गरेकै छिन् उनीले अरु विभिन्न चार विधामा समेत गिनिज बुकमा नाम लेखाएकी छिन् । जसका कारण उनको नाममा अहिले पाँच वटा विश्व कीर्तिमान बनेका छन् ।

टर्किस नागरिक रुमेसा गेल्गीको उचाइ ७ फिट ०.७ इन्च छ । उनी संसारकी सबैभनदा लामा हात भएकी महिला पनि हुन् । उनको दायाँ हातको लम्बाइ २४.९३ सेमी छ भने बायाँ हातको लम्बाइ २४.२६ सेमी छ ।

उनको दोस्रो कीर्तिमान पनि हातकै नाममा छ । उनी सबैभन्दा लामो हातका औंला भएकी महिला हुन् । उनको सबैभन्दा लामो औंला ११.२० सेमी छ । उनी सबैभन्दा लामो पिठ्युँ भएकी महिला पनि हुन् । उनको पिठ्युँको लम्बाई ५९.९० सेन्टिमिटर छ ।

विभर सिन्ड्रोम नामक दुर्लभ वंशाणुगत समस्याका कारण उनको शरीर यतिविघ्न ठूलो भएको हो । स्मरण रहोस् संसारकी सबैभन्दा होची महिलाको कीर्तिमानचाहिं भारतकी ज्योति आमगेको नाममा छ । एजेन्सी

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्