Logo

हामी सधैँ कम्युनिष्ट पार्टीको डरमा रहने भयौँ- महामन्त्री थापा


नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसलाइ पछिल्लो समयमा कम्युनिष्टले सधैँ डरमा राखेर बार्गेनिङ गरिरहेको बताएका छन् । नेपाल विद्यार्थी संघले गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

स्थानीय तहको निर्वाचनमा त्यहाँका नेता तथा कार्यकर्ताले तालमेल आवश्यक हो कि होइन भन्न पाउने हो कि होइन ? भन्दै प्रश्न गरेका थिए ।

“हामी निरन्तर कम्युनिष्ट पार्टीको डरमा रहने भयौँ,” थापाले भने, “हिजो सँगै रहेर अर्को पार्टीसँग मिलेको हामीले देखेकै हो । नभए  मिल्दिउँ उता ? भन्छन् । चुनाव जितेको भोलिपल्ट फेरि बार्गेनिङ सुरु हुन्छ । कुनै बेला उनीहरु एकठाउँमा आउन सक्छन् ।

तर हामीसँग सधैँ बार्गेनिङ गर्ने भए ।”उनले कम्युनिष्टको चरित्र र स्वभाव सधैँ यस्तै भएको बताउँदै भने, “हामीसँग ३०औँ लाख नयाँ मतदाता आएका छन् । उनीहरुलाई हामीसँग जोड्नुपर्छ । हामी आफ्नो संगठन बलियो बनाएर अघि बढ्नुपर्छ,” उनले भने ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्