Logo

एक महिला टिकटक स्टारलाई तीन वर्ष कैद


अदालतले मानव ओसारप्रसार कार्यमा संलग्न रहेको अभियोगमा दोषी ठहराएपछि इजिप्टका एकजना महिला टिकटक स्टारलाई तीन वर्ष लामो कारावास संजाय तोकेको छ ।

बिस वर्षीया हानीन होस्सामलाई पैसाका लागि भिडियो सेयरिङ प्लेटफर्म टिकटिकमार्फत युवतीहरूको शोषण गर्ने गरेको आरोप लगाइएको छ । तर, उनले आफूविरुद्धको अभियोग अस्वीकार गरेकी छन् ।

उनीविरुद्ध युवतीहरूलाई पैसा तिरेर लाइभ भिडियोमा प्रस्तुत गरी आफ्ना फलोअर बढाउने गरेको आरोप लगाइएको छ । मानव अधिकारवादी अभियन्ताहरूले सामाजिक सञ्जालमार्फत महिलाहरूको अवैध प्रयोगविरुद्ध कारबाही गर्ने क्रममा उनलाई सजाय दिइएको बताएका छन् ।

सन् २०२० को वैयक्तिक गोपनियता, अभिव्यक्ति स्वतन्त्रता गैरभेदभाव र शारीरिक स्वायत्तताको उल्लंघनको अभियोगमा कम्तीमा अन्य ११ जना महिलामाथि कारबाही भइसकेको छ ।

कायरोको एउटा विश्वविद्यालयका विद्यार्थी होस्सामले आफ्ना लिपसिङ गरी गीत गाएको र नाचेको भिडियो पोस्ट गरेर टिकटकमा ९ लाख भन्दा बढी फलोअर बनाएका छन् ।

आफ्ना महिला फलोअरहरूलाई लाइभ भिडियो प्रसारण गरेर पैसा कमाउन सकिन्छ भन्दै अर्को भिडियो सेयरिङ प्लेटफर्म ‘लाइकी’ मा डाकेको अभियोगमा उनलाई सन् २०२० को अप्रिलमा पहिलोपटक पक्राउ गरिएको थियो ।

जुलाईमा कायरोका आर्थिक अदालतले ‘पारिवारिक मूल्य र मान्यता उल्लंघन’ गरेको अभियोगमा होस्साम र अर्का टिकटक स्टार मावादा अल–अधामलाई जनही दुई वर्ष कैद र १६ हजार १ सय अमेरिकी डलर जरिवाना गरेको थियो ।

बीबीसीबाट ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्