Logo

वायु शुद्ध गर्ने र हल्ला रोक्ने हेडफोन बन्यो


बेलायतको डाइसन कम्पनीले अहिलेसम्मकै आफ्नो सबैभन्दा अनौठो उत्पादनका रूपमा वायु स्वच्छ पार्ने तथा होहल्ला रोक्ने अत्याधुनिक हेडफोन बनाएको घोषणा गरेको छ ।

तर ‘जो’ नाम दिइएको हेडफोनको मूल्य, ब्याट्रीको आयु र हेडसेटको वजनजस्ता आवश्यक विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन । कम्पनीले एउटा माउथपिस र ब्याकप्याकसहितको यो हेडफोन विकास गर्न ६ वर्ष लागेको तथा यसलाई यसै वर्षको उत्तरार्ध सम्ममा बजारमा ल्याइसक्ने जनाएको छ ।

डाइसनले भनेको छ, “हावा शुद्धीकरण गर्ने प्रविधिमा आधारित कुनै उपकरण बनाउनेबारे सन् २०१६ मा हाम्रो आन्तरिक छलफल भएको थियो । तुवाँलो भरिएको चीनको बेइजिङ शहरमा यसको प्रारम्भिक परीक्षण गर्ने क्रममा हेडफोनमा अनावश्यक आवाज कटौती गर्ने विचारको पनि जन्म भएका हो ।”

स्काई न्युजबाट ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्