Logo

‘राति चलचित्र चलाउनेलाई कारबाहीको प्रक्रिया अगाडि बढाइसक्यौँ’


रातिको समयमा चलचित्र चलाउने सिनेमा हललाई कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको चलचित्र विकास बोर्डले जनाएको छ । आन्तरिक राजस्व कार्यालय काठमाडौंलगायत सरोकारवाला सम्पूर्ण निकायमा बोर्डले पत्राचार गरेको हो ।

“आन्तरिक राजस्व कार्यालयसहित आवश्यक सबै ठाउँमा हामीले आवश्यक प्रक्रिया सुरु गरेका छौँ । आज हामीले पत्राचार गरिसकेका छौँ,” बोर्डका अध्यक्ष दयाराम दाहालले भने, “कानुनविपरीत जानेलाई कानुनानुसार कारबाही हुन्छ । कानुनविपरीत जाने कसैले पनि छुट पाउने छैन ।”

चलचित्र नियमावली, २०५७ मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तोकिदिएको समयमा मात्रै चलचित्र प्रदर्शन गर्न पाइने उल्लेख छ । तर, नियमावलीमा समय नै भने तोकिएको छैन ।

‘केजीएफ च्याप्टर–२’ मा दर्शकको चाप उच्च देखिएपछि काठमाडौंका केही सिनेमा हलले रातको समयमा पनि चलचित्र प्रदर्शन गरेका थिए । राति १ बजेदेखि बिहान ५ बजेसम्म काठमाडौंका केही मल्टिप्लेक्सले शो चलाएका थिए ।

सरकारले ‘तोकेको’ समयभन्दा बाहिर चलचित्र प्रदर्शन गरेपछि कारबाहीका लागि प्रक्रिया अगाडि बढेको हो ।

चलचित्र संघका महासचिव अशोक शर्मा कानुनी व्यवस्था उल्लंघन गर्ने कारबाहीको भागीदार हुनुपर्ने बताउँछन् । “सरकारले तोकेको समयभन्दा बाहिर कसैले चलचित्र देखाउँछ र त्यसबाट कानुनको उल्लंघन हुन्छ भने उसले सजाय पाउँछ,” अशोक भन्छन्, “यदि, कानुनको उल्लंघन हो भने कर छलीको कुरा आउँछ । सुरक्षा संबेदनशीलताको कुरा आउँछ । यो गम्भीर विषय हुन्छ ।”

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्