भूपाल राईको ‘ओ ! मेरो प्यारो यलम्बर’ गीत सार्वजनिक

वरिष्ठ कवि तथा साहित्यकार भूपाल राईको ‘ओ ! मेरो प्यारो यलम्बर’ गीत सार्वजनिक भएको छ ।
‘ओ ! मेरो प्यारो यलम्बर’ गीतको अफिसियल म्युजिक भिडियो भूपाल राई अफिसियल युटयुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
यस गीतमा चर्चित गायिका राधा राईले स्वर दिएकी छिन । प्रस्तुत गीतमा शब्द भूपाल राई, संगीत आशकुमार राई र संगीत संयोजन लाहाङ सुब्बाको रहेको छ ।
यस गीतमा यलम्बरलाई प्रेमको नायकत्वबाट गहिरो तरिकाले गीतमार्फत उजागर गर्न खोजिएको छ ।
जीबनको प्रेमलाई जिबन्त समर्पण गीतमार्फत देखाउन खोजिएको छ । यस गीतमा अभिनय गायिका राधा राईले गरेकी छिन ।
यस गीतको स्टुडियो भर्सनको भिडीयो आएको छ, जसमा रेकडिस्ट मनोज सामसोन राई, सुरेस राई, मिक्सिङ किशोर थापाले गरिएको हुन ।
यस गीतलाई ओजस फिल्मसमा रेकर्ड गरिएको हो । यस गीतको भिडियो छायाङकङ नरोत्तम पाण्डे तथा सम्पादन श्याम कार्की र बिरेन्द्र कुसवाहले गरेको हुन ।
गीत
पहाडको छाती खोली
तिमी मेरो हिमाल चुली
वर्षौँ पछि टेक्यौ तिमिले मेरो घुम्ती घर
ओ ! मेरो प्यारो एलम्बर !
एक्लै थिएँ सानो मेरो मनको घुम्ती घरमा
तिमी आयौ लाख बत्ती बल्यो जिन्दगिमा
तिमी मेरो एक्लो नायक एक्लो राजकुमार
तिमी मेरो सपनाको राजा एलम्बर
बादलको फेटा सिउरी
तिमि शीरको सुनाखरी
वर्षौँ पछि टेक्यौ तिमीले मेरो घुम्ती घर
ओ !…………
म बाँचुला सास अब तिमिले फेरेसम्म
यस्तो लाग्छ तिम्रै लागि भयो मेरो जन्म
यहि कसम सुप्तुलुङमा खान्छु जीवनभर
तिमी मेरो संसार जित्ने प्रीतको एलम्बर
इन्द्रेणी धनु भिरी
तिमी मेरो मनको सिलि
वर्षौँ पछि टेक्यौ तिमीले मेरो घुम्ती घर
ओ !………….