नयाँ वर्षमा मनोज गजुरेलका साथमा टुँडिखेलमा कमेडी
नयाँ वर्ष २०७९ को पहिलो दिन (वैशाख १ गते) काठमाडौंको टुँंडिखेलमा ‘सेलेब्रेसन’ नामक सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । ओम नेपाल मिडिया र ओशो तपोवनको सहकार्यमा आयोजना हुने कार्यक्रममा ध्यान, संगीतिक प्रस्तुति, नृत्यलगायत विभिन्न प्रस्तुति रहने आयोजकले जनाएको छ ।
“गायन र नृत्यको उत्सवसँगै ध्यान नयाँ वर्ष मनाउनु विगतको भन्दा बेग्लै अनुभव हुने छ,” आयोजक स्वामी आनन्द अरुणले भने, “नयाँ वर्ष नयाँ तरिकाले सुरुआत गराऔं भन्ने अर्काे उद्धेश्य पनि हो ।”
कार्यक्रममा स्वामी आनन्द अरुणले सत्संग तथा ध्यान, निर्गुण कविरवाणी गायक पद्मश्री विभुषित प्रह्लाद सिंह टिपणियाको विशेष प्रस्तुतिको अलवा ‘कुटुम्ब’ ब्याण्डको लाइभ प्रस्तुति रहने आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हास्य कलाकार मनोज गजुरेको समेत कमेड प्रस्तुति रहने कार्यक्रममा प्रदीप रोदन, गायिका बेनिसा पौडेल, मोहन वीणा वादक, रोशन शर्माले समेत दर्शकलाई मनाेरञ्जन दिलाउने आयोजकको भनाइ छ । मध्यान्न ४ बजेबाट सुरु हुने कार्यक्रममा दर्शकलाई निःशुल्क प्रवेशको ब्यवस्था गरिएको छ ।



