विश्वप्रतिष्ठित ओस्कर अवार्डको ९४ औं संस्करण सुरु भैसकेको छ ।  मार्च २७ बाट लस एन्जलसको डल्बी थिएटरबाट यसको ९४ औं संस्करण सुरु भएको हो ।

ओस्करको सुरुवात नै इतिहास चकित बनाउने एउटा घटना घटेको छ, जुन यतिबेला ट्विटरदेखि सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेको छ । उक्त घटना हो, अभिनेता विल स्मिथले कार्यक्रम भइरहँदा हानेको थप्पड । अभिनेता विल स्मिथले स्टेजमा होस्ट गर्दै गरेका क्रिस रकलाई आक्रोशित हुँदै थप्पड हानेका हुन् ।

अभिनेता स्मिथले होस्ट रकलाई थप्पड हान्दै आफ्नी श्रीमती जाडाको नाम आफ्नो मुखबाट उच्चारण नगर्न चेतावनी समेत दिन्छन् । यतिठूलो स्टेजमा अभिनेता स्मिथको आक्रोशलाई सुरुमा त उपस्थित सबैले मजाकको रुपमा लिइरहेका थिए । तर, परिस्थिती गम्भीर हुुन थालेपछि उपस्थित सबै आश्चर्यचकित बनेका हुन् ।

यो घटना पश्चात सामाजिक सञ्जालमा ह्यास्ट्याग विलस्मिथ र ह्यासट्याग क्रिसरक ट्रेन्डिङमा छन् । वास्तवमा अभिनेता विल स्मिथले चलचित्र ‘किंग रिचर्ड’ बाट उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन् । तर, अवार्ड लिनुअघि उनको कार्यक्रमका होस्ट क्रिस रकसँग झगडा पर्यो ।

यसघटनाको सुरुवता, होस्ट रकले जेडा पिंकेटमाथि गरेको कमेन्टबाट सुरु भएको हो । रकले स्टेजबाटै अभिनेता विल स्मिथकी श्रीमती जेडाको कपालबारे कमेन्ट गर्छन् । होस्ट रकले जेडाको तालुपनमाथि कमेन्ट गर्दै भन्छन्, “उनलाई जीआई जेनमा यसैंका कारण कास्ट गरिएको हो । जेडाले चलचित्रका लागि कपाल तालु गरेका भने होइनन् । उनी एलोपेसियाका बिरामी हुन्, जसका कारण उनको ठाँउठाउँबाट कपला गायब भैरहेको छ । त्यसैले उनले कपाल काटेकी हुन् ।”

जसो रकले यसो भने, यता विल स्मिथलाई आपत्ति भैसकेको हुन्छ । आफ्नी श्रीमतीको तालुपनलाई लिएर यति ठूलो स्टेजमा गरिएको मजाक अभिनेता स्मिथलाई रत्तिभर पनि चित्त बुझ्दैन् । आफ्नो आक्रोशलाई रोक्न नसकेका स्मिथ स्टेजमा गएर रकलाई थप्पड दिइहाल्छन् । र भन्छन्, “मेरी श्रीमतीको नाम तिम्रो मुखबाट दोस्रोपटक लिँदै नलिनू ।” होस्ट क्रिसले पनि तुरुन्तै आफ्नो गल्ती  महसुस गर्छन् र माफि माग्दै अब यस्तो गल्ती नदोहोराउँने बताउँछन् । र, पछि अभिनेता स्मिथले पनि माफी माग्छन् ।

ओस्कर २०२२ को सुरुको दिन भएको यस घटनाले आज दोस्रोदिन ट्विटरदेखि सामाजिक सञ्जालमा हलचल मच्चाइरहेको छ । ट्विटर प्रयोगकर्ताहरु अभिनेता स्मिथ र होस्ट रकको समर्थनमा विभाजन भएका छन् ।

नवभारत टाइम्स